काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं.१ स्थित् मापदण्ड विपरीत अवैध ढंगले सञ्चालन गरिरहेको ह्रेन्जेन दोर्जे क्रसर उद्योगका सञ्चालक ज्ञानध्वज तामाङ (उज्वल) ले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो क्रसर उद्योग बन्द गरेर देखाउनका लागि खुला चुतौती दिएका छन् । उनले सञ्चालन गरेको ह्रेन्जेन दोर्जे क्रसर मापदण्डविपरीत रहेको समाचार यसअघि प्रकाशित भइसकेको छ । उनले आफ्नो अवैध क्रसलाई बन्द गर्न देशका पुरै राज्य संयन्त्रलाई खुला चुनौती दिएका छन् ।
खानी तथा खनिज पदार्थ ऐन २०४२ र नियमावली २०५९ र उत्खनन गर्न आवश्यक शर्तहरु पूरा गर्नु पर्ने र वातावरण संरक्षण ऐन २०५३ दफा ३ अनुसार वातावरण प्रभाव मुल्यांकन (आइइ) अनिवार्य गर्नुपर्ने मापदण्ड हुँदाहुँदै उक्त क्रसर उद्योगले कुनै पनि मापदण्ड पूरा नगरि क्रसर सञ्चालन गरिरहेको समाचार बाहिर आएको थियो ।
वन ऐेन २०४९ को दफा २(क) अनुसार वन क्षेत्र, खोल,बाटो अतिक्रमण गरेको पाइएमा दस हजार जरिवाना देखि एक वर्ष कैद सम्मको व्यवस्था छ । उक्त क्रसर उद्योग खोलाबाट ७० मिटर मात्रै माथि छ ताकि मापदण्ड अनुसार खोलाको किनारबाट ५ सय मिटर टाढा रहनुपर्छ ।
त्यसैगरी उक्त क्रसर उद्योगले सार्वजनिक वन नै मासेर ढुङ्गा उत्खनन गरिरहेका छन् । विभिन्न समाजसेवाको नाउँ बाटो नै जोखिम बनाएर तलबाट ढुङ्गा उत्खनन गर्दा दीर्घकालीन रुपमा आधाबाटो गाउँलाई ठुलो असर गर्ने देखिन्छ । क्रसर उद्योग स्थापना गर्दा वन, निकुञ्ज र आरक्षणबाट २ किलोमिटर टाढा हुनुपर्ने व्यवस्था छ ।
सामुदायिक वनका अध्यक्ष एवं नेकपा एमालेका नेता इन्द्र बहादुर तामाङले उक्त क्रसर २ किलो मिटर टाढा छ भनेर उक्त क्रसरलाई वनबाट स्वीकृति पत्र दिएको देखिन्छ । सामुदायिक वनबाट उक्त क्रसर जम्मा ७ सय मिटर मात्रै टाढा रहेको छ । कुन प्रलोभनमा परेर त्यसरी क्रसरको लागि स्वीकृति दिएको छ त्यसमा पनि अनुसन्धन हुनुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् ।
क्रसर भएको ठाउँबाट विगतमा खानीखोला बग्ने गरेको थियो । तर हाल उक्त खोला नै विस्थापित गरेर अवैध ढंगले क्रसर राखिएको छ । क्रसरको दर्तास्थल एकातिर क्रसर सञ्चालन एकातिर हुँदा समेत स्थानीय सरकार मूकदर्शक बनिरहेका छन् ।
क्रसर सञ्चालक उज्वल तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् खुला रुपमा देशको सिंगो राज्य संयन्त्रमाथि नै आफ्नो क्रसर मापदण्ड विपरीत पुष्टि गर्न चुनौती दिँदै गर्दा काभ्रे जिल्लाको प्रशासन, स्थानीय सरकार भने निरीह बनिरहेका छन् । पटक–पटक स्थानीयसँग तामाङले आफ्नो ‘माथि केन्द्र र अञ्चल!देखि नै सेटिङ रहेकोले कसैले केही गर्न नसक्ने तर्क गर्दै आएका छन् ।


गत वर्ष जिल्ला समन्वय समितिले उक्त क्रसर मापदण्ड विपरीत सञ्चालन भइरहेकोले तेमाल गाउँपालिकालाई पत्रचार समेत गरेका थिए । तर तेमाल गाउँपालिकाले उक्त क्रसरको विषय समाचार आएर महिनौं हुँदा समेत चासो दिएका छैनन् । स्थानीयका अनुसार तेमाल गाउँपालिका प्रमुख सलाम सिङसँग साँठगाँठ रहेकोले पनि उक्त क्रसर उद्योगको विषयमा बोल्न नसकेको आरोप लगाएका छन् ।
उक्त क्रसरले बोहोरेदोमान–ठुलोपर्सेल जानेबाट सडकखण्डनै परिवर्तन गरेर सार्वजनिक ठाउको ढुङ्गा उत्खनन गरिरहेका छन् । काभ्रे प्रशासनले सार्वजनिक ठाउँमा ढुङ्गा उत्खनन् नगरेको बताए
उक्त क्रसर उद्योगको विषयमा समाचार प्रकाशन गर्ने पत्रकारहरुलाई क्रसर सञ्चालकले सार्वजनिक रुपमा तुच्छ गाली गलौच तथा भौतिक आक्रमण गर्ने धम्कि दिएको विषयमा समेत पत्रकारहरुले प्रशासनलाई जानकारी गराएका छन् ।
तलका समाचारहरु पनि पढ्न सक्नुहुन्छ ।
१. अवैध रुपमा सञ्चालित् ह्रेन्जेन दोर्जे क्रसरको कारण बस्ती जोखिममा, स्थानीयद्धारा संघर्ष समिति गठन
२. ह्रेन्जेन दोर्जे क्रसरको अवैध धन्दालाई तेमाल गाउँपालिकाको साथ !
३. ह्रेञ्जेन दोर्जे क्रसरको स्थापना सार्वजनिक वनको सिमल रुख काटेर भएको खुलासा
४. सार्वजनिक स्थलमा ढुङ्गा उत्खनन् गर्न रोक लगाएसँगै ह्रेन्जेन दोर्जे क्रसर संकटमा !
भिडियो हेर्नुस्






