काठमाडौं । नुवाकोट जिल्लाको सुर्यगडि गाउँपालिका वडा न. ५ स्थित ढकालडाँडामा गत असार १७ गते एक १८ वर्षकी सुस्मा तामाङ (ढकाल) जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि उक्त घट्ना हत्या हो कि आत्महत्या हो भन्ने विषयमा कुरा उठ्न थालेका छन ।
उक्त घट्नाको विषयमा नुवाकोटका प्रहरी निरिक्षक जनार्दन घिमिरेले बुझाएको घट्नाको विवरण र त्रिशुली हस्पिटलले बुझाएको पोस्टमार्टम रिपोर्ट माथि नै स्थानीयले शंका व्यक्त गरेका छन् ।
“घट्नाको प्रकृति हेर्दा मृतक तामाङ झुन्डिएको रुख करिब २ फिट मात्रै अग्लो छ, मान्छे सास सजिलै जाँदैन, मर्नुभन्दा अगाडि छट्पटीमा समाउनको लागि त्यहाँ अरु रुखको हाँगो पनि देखिन्छ । शरिरको विभिन्न भागमा चोटपटक लागेको देखिन्छ, खुट्टाले भुँई छोएको प्रष्ट देखिन्छ तर पनि त्रिशुली हस्पिटलले हत्या हैन आत्महत्या नै हो भनेर पोस्टमार्टम रिपोर्ट निकालेको रहेछ” तामाङको बुबा चन्द्र बहादुर तामाङले उज्यालो नेटवर्कसंगको कुराकानीमा भने ।
मृतक तामाङको देब्रे स्तन, खुट्टाको पिँडालु, ढाँडमा चोट लागेको देखिन्छ, साथै खुट्टाबाट समेत रगत बगेको थियो । झुण्डिएको अवस्थामा फेला परेको तामाङको घाँटीमा समेत दुई ठाउँमा चोट देखिन्छ । ती चोटहरु कसरी लाग्यो भनेर आफन्तले बुझ्दा प्रहरीले हस्पिटलको रिपोर्ट अनुसार काम हुने गैरजिम्मेवारीपूर्ण जवाफ दिएको बताए । ।
त्रिशुली हस्पिटलमा डा. दिपेन्द्र पाण्डे, डा. नवराज राई र डा. शेलेजा हिमलाङले झुन्डेर आत्महत्या गरेको बनाएको पोस्टमार्टम रिपोर्ट माथि विश्वास गर्ने ठाउ नरहेको मृतकको आफन्तहरु बताउछन । डाक्टरले शरिरमा लागेको चोटको विषयमा हालसम्म केही जवाफ दिएको छैन ।
कसरी घट्यो घट्ना ?
करिब दुई वर्ष अगाडि सुस्मा तामाङ र दिपेन्द्र ढकालबीच भागी विवाह भएको थियो । अन्तरजातिय त्यसमाथि विवाहित व्यक्तिसँग विवाह गरेका कारण घरपरिवारसँग दुबैजनाको सम्बन्ध राम्रो थिएन ।
कसैको लहैलहैमा सौता मुनि विवाह गरेका सुस्माले आफ्नो बुबा चन्द्र बहादुर तामाङसँग नभेटे पनि आफ्नो अन्य परिवारसँग कहिलेकाही आउनेजाने भने थियो ।
गत असार १६ गते एक्कासि पतिको घरबाट बोलाएको खवर फोन मार्फत माइतीमा सुनाएर १४ महिनाको छोरी सहित उनिहरु खुशि हुँदै गाउँ पुगेका थिए । गाउँ पुगेर एक्कासि आफुलाई लिन आउनु भनेर कल गरेका सुस्मा भोलीपल्ट झुन्डेर आत्महत्या गरेको खवर आएको थियो ।
उनका पति दिपेन्द्र ढकालले प्रहरीलाई दिएको बयानअनुसार उनी विहान बिउँझिदा ओछ्यानामा सुस्मा नदेखेपछि माइतीमा कल गरेर त्यता आएको छ कि भनेर सोधेको तर पछि गाउलेहरुले घर नजिकैको जंगलमा झुन्डेको अबस्थामा देखेपछि मात्रै आफुले घट्न थाहा पाएको बताएको छ ।
हस्पिटल रिपोर्ट र प्रहरीको भूमिका माथि नै शंकाले लागेपछि मृतकका बुबाले पति, सासू आमा र जेठि श्रीमती विरुद्ध छानबिनको माग गर्दै उजुरी हालेपछि हाल प्रहरीले ती तिनैजनालाई अनुसन्धानको लागि नियन्त्रणमा राखेको छ ।
हाल उक्त घट्नलाई डिसमिस बनाउन केही राजनीतिक दलका स्थानीय नेता तथा प्रहरीका हाकिमहरु लागि परेकोले सत्य तथ्य र निष्पक्ष ढंगले छानबिनको लागि समेत मृतक बुबाले माग गरेका छन् ।






