सार्वजनिक स्थलमा ढुङ्गा उत्खनन् गर्न रोक लगाएसँगै ह्रेन्जेन दोर्जे क्रसर संकटमा !

अनिस तामाङ ११ श्रावण २०७८, सोमबार उज्यालो फोकस

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाँउपालिका वडा नं. १ स्थित ह्रेन्जेन दोर्जे क्रसर उद्योगले सेटिङमा लामो समयदेखि सार्वजनिक स्थलमा ढुङ्गा उत्खनन गरि क्रसर उद्योग सञ्चालन गरिरहेको समाचार विभिन्न सञ्चारमाध्यमहरु आएपछि प्रशासनले सार्वजनिक स्थलमा ढुङ्गा उत्खनन गर्न रोक लगाएको छ ।

मापदण्ड विपरीत सञ्चालन भइरहेको उक्त क्रसर उद्योगको कारण पाँचखल, बोहरेदोभान हुदैँ तित्तिरटार जाने सडकखण्ड र बस्ती जोखिमको खबरहरु आएसंगै उक्त क्रसर उद्योगले गरेका दादागिरी पर्दाफास भएको थियो ।

समाचार सम्प्रेषणको क्रममा क्रसर सञ्चालकहरुले सञ्चारकर्मीहरु माथि समेत भौतिक हमला गर्ने धम्किदिएपछि प्रशासनको ध्यानाकर्षण गराएको थियो ।

क्रसर सञ्चालकहरुले आफुसँग अञ्चलदेखि प्रहरीको सेटिङ रहेको कसैले पनि सार्वजनिक स्थलको ढुङ्गा उत्खनन गर्न रोक्न नसक्ने अभिव्यक्ति दिँदै आएको सूचना समेत आउन थालेपछि प्रहरीले तत्कालको लागि सार्वजनिक ठाउँमा ढुङ्गा उत्खनन् गर्न रोक लगाउने र मापदण्ड विपरीत भएको खण्डमा उद्योग बन्द गर्ने बताएका छन् ।

क्रसर उद्योग दर्ता स्थलमा न्यून गुणस्तरीय ढुङ्गा उत्पादन भएपछि हाल उक्त क्रसर उद्योग नै सार्वजनिक ठाउँमा राखेर सञ्चालन भइरहेका छन् । त्यसमाथि सार्वजनिक वन मासेर ढुङ्गा उत्खनन भइरहँदा स्थानीय सरकार र प्रशासन कानमा तेल हालेर बसेका छन् ।

सार्वजनिक स्थलमा ढुङ्गा उत्खनन रोकेसँगै ह्रेन्जेन दोर्जे क्रसर उद्योग संकटमा परेको छ । ‘उद्योगको जग्गामा सबै गुणस्तरहिन ढुङ्गा मात्रै उत्पादन हुन्छ, जति पनि गुणस्तरीय ढुङ्गा उत्पादन भइरहेको छ त्यो सबै सार्वजनिक वन मासेर निकालेको हुन । सार्वजनिक ठाँउमा उत्खनन गर्न रोके संगै क्रसर बन्द गरेको बराबर हो’ एक स्थानीयले उज्यालो नेटवर्कसँग भने ।

अहिले पनि लुकिछिपि सार्वजनिक स्थलमा ढुङ्गा उत्खनन् गरेको स्थानीयले जानकारी दिएपछि हामीले काभ्रेका प्रहरी प्रमुख भुपेन्द्र खड्गसँग कुरा गरेका थियौं । उनले भने ‘हामीले सार्वजनिक ठाँउमा ढुङ्गा उत्खनन गर्न रोक लगाएका छौँ । यदि जबर्जस्ती ढुङ्गा उत्खनन गरेको पाइएमा प्रहरीलाई खवर गर्नुस्, हामी कानुन अनुसार दण्डित गर्नेछौँ ।’

मापदण्ड विपरीत सञ्चालन भइरहेको उक्त क्रसर उद्योगको विषयमा विभिन्न सञ्चारमाध्यम लगायत स्थानीयले तेमाल गाउँपालिकालाई ध्यानाकर्षण गराउदा समेत यो विषयमा गाउँपालिकाले हाल सम्म कुनै आधिकारिक जवाफ दिएको छैन ।

विभिन्न सञ्चारमाध्यमहरुले उक्त क्रसर उद्योगको मापदण्ड विपरीत भइरहेको कामहरुको प्रमाण सहित समाचार प्रकाशित गर्दा समेत हाल सम्म गाउँपालिकाका प्रमुख सलाम सिंह तामाङले मुख खोल्न नसक्नुको एउटै कारण आन्तरिक साँठगाँठ रहेको त्यहाँका स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार