को हुन् पंकज नेम्वाङ ? जसलाई देखाउँदै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामा दिए

अनिस तामाङ १० श्रावण २०७८, आईतवार उज्यालो फोकस

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजिनामा घोषणा गरेका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले राजीनामाको राजीनामाको कारण नेपाल फुटबल एसोसिएसन (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रिय नेपाली समर्थकहरू म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु । अब तपाईँ खुसी हुनु भयो होला नि पंकज विक्रम नेम्वाङ ?’

मुख्य प्रशिक्षक अम्ताइरीले राजीनामा दिनुका कारणबारे उल्लेख गर्दै नेम्वाङलाई आफ्ना राजीनामा वक्तव्यमा मेन्सन गरेपछि नेम्वाङको प्रोफाइलमा गएर नेपाली समर्थकहरुले विरोध जनाइरहेका छन् ।

मुख्य प्रशिक्षक अम्ताइरीका अनुसार नेम्वाङले पछिल्लो ३ हप्तादेखि प्रत्येक दिन काममा बाधा गरेका थिए ।

प्रशिक्षक अब्दुल्लाहको राजिनामा संगै फुटबल समर्थकहरुले उपाध्यक्ष नेम्वाङलाई फुटवलमा राजनीति घुसाएको भन्दै तीव्र आलोचना गरिरहेका छन् ।

को हुन पंकज नेम्वाङ ?
एउटा व्यक्तिको कारण राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकले नै राजिनामा दिएको खबर आएपछि पंकज नेम्वाङको विषयमा थप खोजी भइरहेको छ । उनको फेसबुक प्रोफाइलमा पुगेर प्रतिक्रिया दिइरहेका समर्थकहरुबाट पनि उनको बारेमा खोजी भइरहेको प्रष्ट हुन्छ ।

नेम्वाङ एन्फाका बरिस्ठ उपाध्यक्ष हुन् । वि.स. २०७५ बैशाख १२ गते भएको एन्फाको साधारणसभाबाट कर्म छिरिङको प्यानलबाट निर्वाचित भएका थिए । सोही प्यानलबाट उपाध्यक्ष पदमा विजयी भएका उनी २०७६ बैशाख ३१ गते एन्फाको वरिष्ठ उपाध्यक्षमा चुनिएका थिए । नेम्वाङ निर्वाचनमा सबैभन्दा बढी भोट ल्याएका व्यक्ति समेत हुन । उनी नेपाली कांग्रेस खेलकुद विभागका सदस्य पनि हुन् ।

पछिल्लो चरण एन्फाभित्रको दुषित राजनीतिको कारण पंकज नेम्वाङ अध्यक्ष कर्म छिरिङको कटु आलोचकको रुपमा देखा परेका थिए । उनले एन्फाकै इतिहासमा पहिलोपटक पटक ‘नोट अफ डिसेन्ट’ समेत लेखेका छन् ।

एन्फा विधान अनुसार चल्न नसकेको, पारदर्शिता तथा सामुहिक नेतृत्व नभएको, अधिकारको प्रत्यायोजन नभई व्यक्तिको शासन चलेको आरोप लगाएर कार्यसमितिको बैठक बहिष्कार गर्ने लगायतका घट्ना हुँदै आएको थियो ।

नेपाली कांग्रेस निकट नेम्वाङले बेलाबेला विभिन्न विषयहरु निकालेर एन्फाभित्र विवादित बनाउन खोजेको, आफुले भनेअनुसार कुनै कामकारबाही नभए विरोध गरेर सधैं एन्फाभित्र द्वन्द सिर्जना गर्दै आएको एन्फाका सदस्यहरु बताउँछन् ।

अगामी निर्वाचनमा अध्यक्ष पदको बलियो प्रत्यासीको रुपमा हेरिरहेका उनलाई प्रशिक्षक अम्ताइरीको राजिनामाका कारण थप विवादमा तानिएको छ ।

उपाध्यक्ष नेम्वाङलाई एन्फाभित्र परिवारबादको आरोप समेत लगाउने गरेको तथ्य भेटेको छ । यु–१६ टोलीमा योग्य खेलाडीहरुलाई बाहिर राखेर आफ्नो छोरालाई जबर्जस्ती टोलीमा घुसाएको विषयले नेम्वाङ तीव्र आलोचनामा समेत परेका थिए ।

२०७६ को असोजमा जोर्डनमा भएको एएफसी च्याम्पियनसिप छनौट खेल्न जोर्डन गएका नेपाली यु–१६ टोलीको रोजाइका गोलकिपर रोशन नेपालीलाई टोली बाहिर राख्दै नेम्वाङका छोरा पथ्युहाङ नेम्वाङलाई जोर्डन पठाएका थिए ।

यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिको आधिकारिक रुपमा कुनै राजिनामा नआएको बताएको छ ।

एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा एन्फाभित्रको राजनीतिका कारण नभएको भन्दै अल्मुताइरीले राजीनामा दिने घोषणा गरेको विषयमा औपचारिक जनाकारी नभएको बताए । राजीनामा दिने घोषणा सामान्य असझदारीका कारण भएको हुन सक्ने उनको भनाई छ । अल्मुताइरीले राजीनामा दिने घोषणा फेसबुकमा मात्रै गरेकाले आधिकारिक रुपमा एन्फामा राजीनामा नआएको बताए ।

नेम्वाङ भन्छन्, ‘दोष देखिए राजीनामा गर्छु’
यसैबीच वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफूमाथि षडयन्त्र भएको प्रतिक्रिया दिए । मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए ।

‘मेरो स्पष्ट कुरा छ । यो निराधार षडयन्त्रपुर्वक ममाथि आएको विज्ञप्ति ठानेको छु । म जहिलेपनि सत्यको वकालत गर्दै एन्फामा बसिरहेको व्यक्ति हो’, नेम्बाङले भने । ‘एन्फाले यस विषयमा छानबिन हुन्छ । म दोषी देखिए फुटबल संघबाट राजीनामा दिन्छु । छानबिनबाट जो दोषी देखिन्छ । त्यसको भागीदार हुनुपर्छ । यसबारे एन्फाले छानबिन समिति गठन गरेर चाडो भन्दा चाडो समाधान गर्नुपर्छ भन्ने मेरो माग छ’, उनले भने ।

पछिल्लो समय प्रशिक्षकसँग आफ्नो सम्वाद नै नभएको उनले बताएका छन् । यद्यपि ८–१० दिन अघि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने प्रशिक्षकको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको उनले स्वीकार गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार