काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा देउवाले विश्वासको मत मागेका थिए । उनको पक्षमा १६५ मत र विपक्षमा ८३ मत खसेका छन् । जम्मा सांसद२४९ उपस्थित थिए । १ जना तटस्थ बसे । योसङ्गै देउवा सरकार प्रतिनिधि सभाको पुर्ण कार्यकाल चल्ने भएको छ । कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र माधव नेपाल पक्षका सांसदले देउवाको पक्षमा मत हालेका थिए ।






