खुलालु–लैफु–सलिसल्ला खण्डको सडक हस्तान्तरण

उज्यालो प्रतिनिधि १ श्रावण २०७८, शुक्रबार फोटो समाचार

हुम्ला । नेपाली सेनाले कर्णाली करिडोरको खुलालु–लैफु–सलिसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । आठ वर्षअघि २०७० सालदेखि काम सुरु गरेको नेपाली सेनाले सो सडक खण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख मिलन कार्कीले हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको जानकारी दिए । करिडोरअन्तर्गत सेनाको जिम्मेवारीमा रहेको काम सम्पन्न गरी सडक हस्तान्तरण गरिएको हो । कोरोना महामारीका कारण काम सम्पन्न हुन केही ढिलाइ भएको जानकारी दिँदै उनले हुम्लाको सदरमुकाम सिमकोट गाडी पु¥याउने लक्ष्य नजिक पुगेको बताए ।

हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथि चौरमा आयोजना गरिएको थियो । सेनाले सो खण्डको कालीकोटको खुलालु हुँदै हुम्ला जिल्लाको सलिसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडकको निर्माण कार्य पूरा गरेको हो । निर्माण भएको सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर पर्छ ।

खुलालु, लैफु हुँदै सलिसल्ला खण्डको काम २०७० सालदेखि सेनाले सुरु गरेको हो भने हुम्ला खण्डमा २०७३ चैत ९ गते सुरु गरेको थियो । गोरखापत्र दैनिकबाट

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार