विद्युत प्राधिकरणको चरम लापरबाहीले एकको मृत्युु, प्राधिकरणविरुद्ध प्रहरीमा पर्‍यो जाहेरी

अनिस तामाङ २२ असार २०७८, मंगलवार उज्यालो फोकस

काभ्रे । काभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिका वडा नं. ८ स्थित खोलापारी पाखा भन्ने स्थानमा विद्युत प्राधिकरणको चरम लापरबाहीको कारणले एक पुरुषको करेन्ट लागेर मृत्युु भएको छ ।

स्थानीय ६१ वर्षीया रामचन्द्र पन्त बाख्रा चराउन र घाँस काट्न जाँदा प्राधिकरणले असुरक्षित ढंगले छाडेको एघार हजार ‘हाइटेन्सन’को नांगो तारबाट करेन्ट लागेर मृत्युु भएको हो । प्राधिकरणले जमिनबाट जम्मा ४ फिट माथि रहेको विद्युतको तारलाई नांगो रुपमा छाडेको थियो ।

विद्युतको तार नाङ्गो रुपमा छाड्दा सर्वसाधारणको ज्यान जान सक्ने खतरालाई देखाउँदै स्थानीयले पटकपटक व्यवस्थापनका लागि प्राधिकरणलाई आग्रह गरेका थिए । तर, प्राधिकरण कानमा तेल हालेर बसे ।

मृतकका छोरा राजेन्द्र पन्तले प्राधिकरणको चरम लापरबाहीको कारणले घट्ना घटेको बताए । उनले प्राधिकरणको ज्यादतीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी समेत दिएका छन् ।

‘अकालमा बुबाको मृत्युु भयो, अब मरिसकेको बुबालाई फर्काएर ल्याउन त सकिँदैन । अहिले पनि गाउँमा ती बेवारिसे नांगो तारलाई व्यवस्थापन गरेको छैन । फेरि यस्तै घट्ना दोहोरिदैन भन्न सकिन्न, त्यसैले हामीले प्राधिकरण विरुद्ध प्रहरीमा जाहेरी दिएका छौँ’ पन्तले भने ।

यस विषयमा सोही वडाका वडाध्यक्ष धन तामाङसँग बुझ्दा उनले पनि प्राधिकरणको लापरबाहीकै कारण उक्त घट्ना घटेको बताए । ‘मध्यपहाडी लोकमार्ग अन्तरगतको सडक खन्ने क्रममा केही वर्ष अगाडि बिजुलीको पोलहरु अव्यवस्थित बनाएका थिए । केही समय अगाडि पनि १२ वर्षिया सविना कुवँर नाम गरेकी बालिकाले करेन्ट लागेर हात गुमाउनु परेको थियो, वडाले धेरै पटक यस विषयमा प्राधिकरणसँग कुरा राखेको हो तर सुनवाइ नै हुदैन’ वडाध्यक्ष तामाङले बताए ।

हामीले यस विषयमा नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालसँग बुझ्दा घट्ना प्राधिकरणको कारण नभई मध्यपहाडि लोकमार्गको बाटो खन्नेक्रममा ठेकेदार र सामुदायिक विद्युतले गरेको असमझदारीपूर्ण कदमबाट घटेको बताए ।

ठेकेदार र सामुदायिक विद्युतले प्राधिकरणलाई कुनै जानकारी नदिइकन विद्युतको पोल जथाभावी सार्दा घट्ना घटेको उनको भनाई छ । उनले अब कुनै पनि घट्ना घट्न नदिनेगरी तार तथा पोलको व्यवस्थापन गर्ने पनि बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार