काठमाडौं । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. १ स्थित ह्रेन्जेन दोर्जे क्रसर उद्योगको स्थापना सार्वजनिक वनको सिमलको रुखहरु काटेर भएको खुलासा भएको छ ।
बहुउपयोगी सिमलको रुखलाई सरकारले २०४९ सालदेखि नै काट्नलाई पुर्ण प्रतिबन्ध लगाएको भए पनि क्रसर संचालनको क्रममा दर्जनौं सिमलको रुखहरु काटेर क्रसरलाई सञ्चालनमा ल्याएको खुलासा भएको हो ।


स्रोतका अनुसार उक्त क्रसर सञ्चालनको क्रममा २५ ओटा भन्दा बढी सिमलको रुख काटेको पाइएको छ । क्रसर सञ्चालनपूर्व रहेको सिमलका कुनै पनि रुखहरु अहिले क्रसर भएको स्थानमा छैन । क्रसर स्थापनाको क्रममा उनीहरुले सिमलको रुख काटेपछि सिमलको सखाप भएको छ ।
अवैध ढंगले मापदण्ड विपरीत संचालनमा रहेका उक्त क्रसर उद्योगको कारण बोहोरेदोभान–ठुलोपर्सेल अवातजवात गर्ने सडक पुर्णरुपमा जोखिम रहेको छ भने वडा नं. १ आधाबाट गाउँ समेत जोखिममा परेकोछ ।
क्रसर सञ्चालकले दादागिरी तरिकाले सार्वजनिक वन मासेर ढुङ्गा उत्खनन गरिरहदा स्थानीय सरकार र प्रशासन भने मौन छन् ।







