फेसबुकमा नक्कली ‘डिमान्ड र अफर लेटर’ देखाएर लाखौं ठगी, प्रहरीले थाल्यो खोजी

अनिस तामाङ १८ असार २०७८, शुक्रबार मुख्य नेटवर्क

काठमाडौं । पछिल्लो चरण सामाजिक सञ्जाल फेसबुकमा आएको सूचनालाई विश्वास मान्दा युवाहरू ठगिने क्रम बढ्दो छ । विशेषगरी नेपालजस्तो विकासोन्मुख देशका बेरोजगार युवाहरूले कतै रोजगारीको सूचना पाउँदा चाख लागेर हेर्ने गर्छन् ।

तिनै फेसबुकमा आएको सूचनालाई विश्वास मान्दा दर्जनौं युवाहरुको लाखौं रकम ठगी भएको छ । केही महिना अगाडि लामो समयदेखि आफ्नो फेसबुकमा साथी भएका नवीन कुमार बस्नेत र सुशील ढकाल (शर्मा) ले दुबईको लागि ‘अर्जेन्ट भ्याकेन्सि’ भनेर आकर्षक तलबसहितको सूचना शेयर गरेका थिए । त्यसपछि काभ्रे जिल्लास्थित् पनौती नगरपालिका वडा नं. ९ घर भएका खड्ग बहादुर थोकरलेफेसबुकमा आकर्षक सुचना शेयर गरेका बस्नेतसँग सम्पर्क गरेर आफु युएई जान इच्छुक रहेको जानकारी गराए ।

संवादको क्रममा बस्नेत र ढकालले आफु दुबईको ठुलो कम्पनीको म्यानेजर रहेको र जति जना युवाहरू भएपनि आफुहरुले सस्तो मुल्यमा भिषा पठाउने भनेपछि थोकरसँगै अनिल थोकर, कान्छालाल ब्लोन, कबिन्द्र थोकर, दिनेस सिङतान, युद्ध बहादुर दाहाल, कृष्ण सिङतान, अम्बर थोकर, राम बहादुर थोकर, शान्त बहादुर थोकर लगायत दर्जनौं युवाहरू पनि रोजगारीको लागि युएई जान तयार भएका थिए ।

बस्नेत र ढकालले ती युवाहरूलाई कम्पनीको अफर लेटर पठाए पछि युवाहरूले विश्वास मानेर ती एजेन्टहरुका सम्पर्क व्यक्ति तुल्सीराम भुसालको खातामा प्रति व्यक्ति ८० हजारको दरले रकम हालेका थिए ।

पैसा हालेको हप्तौं हुदा समेत कुनै जानकारी नआएपछि पीडित युवाहरू आतिएका थिए । पछि हुनेहरुले विभिन्न माध्यमबाट फेसबुकमा हालेको ‘डिमान्डदेखि कम्पनीको अफर लेटर’सम्म नक्कली रहेको जानकारी प्राप्त भएपछि प्रहरीको सम्पर्कमा पुगेको थियो । प्रहरीसँग सम्पर्कमा पुग्दा ती भुसाल, बस्नेत र ढकालले त्यसरी नै नक्कली ‘डिमान्ड र नक्कली अफर लेटर’ बनाएर भक्तपुर, चितवन लगायतका अरु तीन दर्जन भन्दा बढी युवाहरुसँग लाखौं रकम ठगि गरेर फरार भएको जानकारी पाएका थिए ।

पीडितहरु ती लाखौं रकम ठगेका एजेन्टहरुविरुद्ध वैदेशिक रोजगार विभाग, महानगरीय प्रहरी परिसर टेकु लगायतमा उजुरी गरि निज व्यक्तिहरु विरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ । फरक-फरक मोबाइलको प्रयोग गर्दै आएका ती व्यक्तिहरुलाई कहिलेकाही फोन लाग्दा पैसा आफुले नदिने, सकेको गर्नु, नेपालको प्रहरी सबै मेरो हातमा छ भनेर गैरजिम्मेवारीपुर्ण जवाफ दिएको पीडितहरुले उज्यालो नेटवर्कलाई बताए ।

हामीले यस विषयमा बुझ्नको लागि एजेन्ट भनिएका बस्नेत,ढकाल र भुसालसँग सम्पर्क गर्न खोज्दा उनीहरु तिनैजनाको फोन अफ रहेको पाएको छ । साथै यस विषयमा प्रहरीले पनि कडाइका साथ खोजिरहेको, ठगहरु कुनै हालतमा प्रहरीको हातबाट उम्किन नसक्ने महानगरीय प्रहरी परिसर टेकुले उज्यालो नेटवर्कलाई बताए । प्रहरीको साइबर ब्युरो र अपराध महाशाखाले पनि उनीहरुको खोजी थालेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार