अवैध रुपमा सञ्चालित् ह्रेन्जेन दोर्जे क्रसरको कारण बस्ती जोखिममा, स्थानीयद्धारा संघर्ष समिति गठन

अनिस तामाङ २६ जेष्ठ २०७८, बुधबार मुख्य नेटवर्क

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. १ मा अवैध ढंगले सञ्चालन गरिरहेका ह्रेन्जेन दोर्जे क्रसर उद्योगको कारण बस्ती नै जोखिममा परेको छ ।

स्थानीयको बसोबास स्थल नै जोखिममा पर्ने खतरा बढेपछि स्थानीय संग्राम तामाङको अध्यक्षतामा संघर्ष समिति नै गठन भएको छ ।

पटकपटक बन्द हुँदै सञ्चालन हुँदै आइरहेका उक्त क्रसर उद्योगको कारण वडा नं.(१ आधाबाटो गाउँलाई दीर्घकालीन रुपमा ठुलो जोखिम हुने सम्भावना बढेपछि स्थानीयले १ सय ८५ जनाको संघर्ष समिति गठन गरेका हुन् ।

क्रसर उद्योगले प्राविधिक मापदण्ड नपुर्याइकनै ढुंगा उत्खनन् गरिरहेको समेत पाइएको छ । त्यति मात्रै होइन, क्रसले उद्योसँग सम्बन्धित नै नभएका सार्वजनिक वन समेत मासिएको पाइएको छ ।

क्रसरका कारण सुख्खा पहिरो जान थालेपछि पाँचखाल बोहोरे दोमान, चुखाबेसी, ठुलो पर्सेल हुदै तित्तिरटार जाने सयौं यात्रुहरु बिचबाटोमै अलपत्र हुने र पहिरोको जोखिम समेत भएपछि घन्टौ समय लगाएर वैकल्पिक बाटो हिड्नु पर्ने बाध्यता पैदा भएको स्थानीयले गुनासो गरेका छन् ।

केही महिना अगाडि काभ्रे जिल्ला समन्वय समिति प्रमुख उद्धव के.सी.को संयोजकत्वमा १४ सदस्य गठन गरि काभ्रेपलाञ्चोक जिल्लाको नदीजन्य पदार्थ संकलन र उपयोग तथा खानिजन्य उद्योग, क्रसर (ढुङ्गा, गिट्टी, बालुवा) सम्बन्धी जिल्ला स्तरीय अनुगमन गरेका थिए ।

उक्त अनुगमन समितिले ह्रेन्जेन दोर्जे क्रसर उद्योग अवैध ढंगले सञ्चालन गरेको प्रतिवेदन बुझाएका थिए ।

ढुङ्गा, गिट्टी,वालुवा, उत्खनन,बिक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड–२०७७ अनुसार घना बस्ती र बन क्षेत्रको दुई किलोमिटर,राजमार्गको पाँचसय मिटर दूरी भित्रको नदि, सडक पुल तथा झोलुङ्गे पुलको एक किलोमिटर तल र पाँचसय मिटर माथि कुनैपनि उत्खनन गर्न पाइने छैन भनेर उल्लेख गरिएको छ ।

तर ह्रेन्जेन दोर्जे क्रसर उद्योगले यो कुनैपनि मापदण्ड पूरा गरेको छैन । वन क्षेत्रको दुई किलो मिटरसम्म उत्खनन् गर्न पाउदैन तर उक्त क्रसर उद्योगले सार्वजनिक बन नै मासेर ढुङ्गा उत्खनन गरिरहेका छन् ।

केही किलो मिटर माथि घना बस्ती आधाबाटो भन्ने गाउँ छ तर भविष्यमा उक्त गाउँ नै जोखिममा हुनेगरी क्रसरले तलबाट उत्खनन् गरिरहेका छन् ।

यस विषयमा हामीले जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीसँग बुझ्दा उनले ह्रेन्जेन दोर्जे क्रसर उद्योगको मापदण्ड नपुगेको कारण मापदण्ड पुर्याउन तेमाल गाउँपालिकालाई पत्रचार गरिसकेको तर पत्र पठाएपछि कार्यन्वयन हुनको सट्टा झन बढि सार्वजनिक स्थलमा उत्खनन गरेको पाइएको उज्यालो नेटवर्कलाई जानकारी दिए ।

उज्यालो नेटवर्कसँग टेलिफोन संवादमा उनले भने, ‘तपाईंहरुले गाउँपालिका अध्यक्षसँग कुरा गर्नुस् । कार्यन्वयन गर्ने निकाय भनेको स्थानीय सरकार हो तर अध्यक्ष नै दोहोरो भूमिकामा प्रस्तुत हुन्छ । मापदण्ड पुर्याउछु भनेको महिनौं बितिसक्यो तर कायान्वयन गर्नुको सट्टा झन बढिरहेको छ ।’

जिल्ला स्तरीय अनुगमन समितिले ह्रेन्जेन दोर्जे क्रसर उद्योगको विषयमा ८ ओटा बुँदामा मापदण्ड नपुगेको रिपोर्ट तेमाल गाउँपालिकालाई पत्रचार गरिएको थियो । जसमा मापदण्ड लेखिएको थियो ।
१. वृक्षरोपण नगरिएको
२. सम्झौता तथा अन्य दर्ता सम्बन्धि कागजात अनुगमन स्थलमा नराखिएको
३. सिमाना छुट्याउनको लागि तार वार नलगाएको
४. क्रसर उद्योगको सम्पुर्ण विवरण राखि होर्डिङ वोर्ड नराखेको,
५. वइस्ट पदार्थ निजि जग्गामा राखेको तथा व्यवस्थापन नगरेको,
६. डस्ट खोलामा मिसाएको
७. क्रसरबाट निस्केको धुलो थिग्राउन पोखरी निर्माण नगरेको,
८. पेश गरेको कागजात अनुसार संलग्न लालपुर्जाको प्रतिलिपी साविक सस्यूखर्क गाविस वडा नं. १ को कित्ता नम्बर ७० को २१ रोपनी जग्गा हाल क्रसर तथा खानी संचालन भएको क्षेत्र संग सम्बन्धित नभएको

उक्त प्रतिवेदनमा समेत तेमाल गाउँपालिकाले बेवास्ता गरि झन बढी उत्खनन गर्न दिएको पाइएको छ । हामीले यो विषयमा तेमाल गाउँपालिका प्रमुख सलाम सिङ तामाङसँग बुझ्दा आफुलाई जिल्ला समन्वय समितिले कुनैपनि पत्रचार नगरेको, वैध र अवैध भन्ने विषयमा आफुलाई जानकारी नभएको गैरजिम्मेवारीपुर्ण जुवाफ दिएका छन् ।

स्रोतका अनुसार उक्त क्रसर उद्योग कागजमा दर्ता एकातिर सञ्चालन एकातिर रहेको समेत जानकारी प्राप्त भएको छ ।

बोहोरेदोमान हुदै पर्सेल जाने सडकखन्डमै क्रसरको कच्चा पदार्थहरु राखेर उक्त सडकको वैकल्पिक बाटो बनाएको पाइएको छ । साथै जहाँ क्रसर उद्योग स्थापना गरेको छ त्यहाँ पहिला पानीको मुहान भएको स्थानीयहरु बताउँछन् । पछि पानीको मुहान नै गायब बनाएर क्रसर राखेको पाइएको छ । जि
ल्ला समन्वय समितिको प्रतिवेदन अनुसार उक्त क्रसर उद्योग झिगु खोलाबाट जम्मा ९० मिटर माथि छ जब कि मापदण्ड अनुसार खोला वा नदिबाट १ किलोमिटरको दुरिमा मात्रै क्रसर राख्न पाउने व्यवस्था छ ।

ह्रेन्जेन दोर्जे क्रसर उद्योगले सार्वजनिक वन समेत मासेर ढुङ्गा उत्खनन गरेको विषयमा हामीले डिभिजन वन कार्यलयका सायक अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठसँग कुरा गर्दा उनले भने ‘म लगायत जिल्ला समन्वय समितिका प्रमुख सहित १४ जनाको टोली उक्त क्रसर उद्योगको स्थलगत निरीक्षण गर्न पुगेका थियौं, क्रसर सञ्चालकले हाम्रो जग्गा माथिसम्म छ भनेर दाबी गर्यो, त्यसपछि हामी खानी दर्ता गरेको जग्गा विवरण माग्यौं, त्यसलाई हामीले गुगलमा ओभरल्याब गरेर हेर्दा सार्वजनिक वन मासेर ढुङ्गा उत्खनन् गरेको पाएपछि त्यो रिपोर्ट उद्योग तथा वन मन्त्रालयमा बुझाएका छौँ । त्यतिबेलाको तात्कालिन उद्योगमन्त्री लेखराज भट्ट र सचिव नै पुगेर क्रसरको अनुगमन समेत गरेका थिए । पछि हामी यसको छानबिन गर्छौ भनेर एक वर्ष म्याद थपेर पठाउनु भयो । यसमा हामी के गर्न सक्छौं ?’

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार