सपना यी देवी देवता देख्नुभयो ? बदलिन सक्छ तपाईको भाग्य

उज्यालो प्रतिनिधि २० जेष्ठ २०७८, बिहीबार रोचक बिचित्र

एजेन्सी । सुतेको समयमा हरेक मानिसले सपना देख्नु एक सामान्य कुरा हो। हरेक दिन हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ।अधिकाम्स मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन। त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन।ज्योतिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ।
सपनामा यी देवी देवताहरु देखेमा कस्तो फल मिल्छ छ त ।

भोलेनाथ

भगवान शिवलाई भोलेनाथको रुपमा पनि पूजिने गरिन्छ र मान्यता अनुसार उनी सजिलैसँग प्रसन्न हुने देवता मानिन्छ। यहि मान्यता अनुसार धेरै व्यक्तिहरुले सोमबारको दिन भागवान शिवको ब्रत बसी बिधिवत रुपमा पूजा आराधना गर्ने गर्दछन्। यसरी धार्मिक रुपमा ठूलो महत्व बोक्ने शिवजीलाई सपनामा देख्नु भए भने विहान उठेर पूर्ण शरिर नुहाएर चोखो कपडा लगाई नजिकको शिव मन्दिरमा गएर विधिवत रुपमा पूजा गर्न आवश्यक हुन्छ। यसो गर्दा तपाईका हरेक इच्छा चाहना पूरा हुने र जीवनमा ठूलो सफलता मिल्ने विश्वास छ।

श्रीकृष्ण

हातमा मुरली ,शिरमा मयूरको प्वाख ,शितल बगैंचामुनी जीवजन्तुहरुको साथमा गोपिनीहरुको मायामा बाँसुरीको मिठो धूनको वातावरणमा विराजमान भगवान कृष्ण हिन्दू धर्मावलम्बीहरुमा निकै प्रिय र शक्तिशाली भगवानको रुपमा मानिने गरिन्छ। यदि यी तपाईले यस्ता शक्तिशाली भगवान श्रीकृष्णलाई राती सपनामा देख्नु भयो भने प्रिय व्यक्तिसँग निकट भविष्यमा भेट हुने संकेत रहनेछ। यसको अर्को अर्थ यस्तो छ कि तपाईले असल जीवन साथी पाउन सक्नुहुन्छ र प्रेमिका सँगको सम्बन्ध पनि गाढा बन्दै जानेछ।

माता दुर्गा

हिन्दू शास्त्र अनुसार, पुज्य ९ देवीहरु मध्य एक हुन् माता दुर्गा। यदि तपाई राती सुतेको समयमा दुर्गा मातालाई सपनामा देख्नुभयो भने आफू र आफ्नो परिवारका सदस्यहरुमा रहेको सम्पूर्ण रोगहरु नष्ट भएर जानेछ। तपाईको प्रगतिका सम्पूर्ण बाटाहरु खुल्नेछन् र जीवन सुखमय हुनेछ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार