विमानमा चियाले पोल्दा १ करोड क्षतिपूर्ति

उज्यालो प्रतिनिधि ९ बैशाख २०७८, बिहीबार रोचक बिचित्र

एजेन्सी । आयारल्यान्डका एकजना १३ वर्षीय बालकसँग हवाइ यात्राका दौरान एउटा दुर्घटना भएको थियो । उक्त घटनालाई लिएर उनको आमाले एअरलाइन्समाथि मुद्दा दायर गरेकी थिइन् । चार वर्ष पछि अदालतले उनलाई क्षतिपूर्ति बापत् ठूलो धनराशी प्रदान गर्न आदेश दिएको छ ।

आयरल्याण्डका ती १३ वर्षीय बालक एमरे कराक्या हवाई जहाजबाट डब्लिनबाट इस्तानबुल जाने क्रममा उक्त दूर्घटना घटेको थियो । उनको खुट्टामा क्याबिन क्रुको एक सदस्यले उम्लिरहेको चिया खसालेकी थिइन् । लामो उपचारपछि पनि उनको खुट्टामा दाग बसेको थियो ।

चार वर्ष अघिको उक्त घटनामा एमरे एकदमै डराएका थिए । उनको आमाले टर्किश एयरलाइन्समाथि मुद्दा दायर गरिन् । आमाका अनुसार दुर्घटनापछि उनको छोराले ठुलो शारीरिक तथा मानसिक कष्ट भोग्नुपर्यो । उनले अदालतलाई एमरेको खुट्टा चियाले एकदमै नराम्रो पोलेको तथा घाउ ठीक हुन चार हप्ताको समय लागेको बताइन् । उपचारपछि पनि उनको खुट्टामा दाग नगएको उनको भनाइ छ ।

एमरेकी आमाका अनुसार उनको छोराको अवस्था यति गम्भिर थियो कि उपचारका लागि प्लास्टिक तथा ‘रिकन्स्ट्रक्टिभ सर्जन’ कहाँ लिएर जानु परेको थियो ।

यस मुद्दामा फैसला सुनाउँदै न्यायधीशले टर्किश एयरलाइंसलाई ५६ हजार पाउण्ड (झण्डै एक करोड नेपाली रुपैयाँ ) क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार