प्रहरी नायब निरीक्षक सञ्जेल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

काठमाडौ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) कोटेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

आफूलाई दिएको जिम्मेवारी उत्कृष्ट तरिकाले निर्वाह गरी व्यावसायिक रुपमा इमान्दरितापूर्वक प्रशंसनीय ढंगबाट काम गरेको भन्दै सञ्जेललाई ब्यूरोले महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो।

२०७७ फागुन ९ गते काठमाडौंबाट लागूऔषध अफिम १३ किलो ५ ग्रामसहित मान्छे पक्राउ गरी कानुनी दायरामा ल्याएको, फागुन १२ गते ढल्कुबाट ६ किलो ५ ग्राम लागूऔषध हिरोईनसहित आराेपीलाई कानुनी दायरामा ल्याएको लगायतका कामको उच्च मूल्यांकन गर्दै ब्यूरोमा गठन भएको छनोट समितिले सञ्जेललाई ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको हो।

ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले ब्यूरोबाट जारी भएको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७७ मा उल्लेखित व्यवस्थाअनुसार फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप कुमार चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार