ओलीलाई भेटेर वामदेवले भने, ‘नैतिकता बाँकी भए राजीनामा दिएर बालकोट जानुस्, एकता जोगिन्छ’

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७७, शुक्रबार समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहा अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली र वामदेव गौतमबीच भेटवार्ता भएको छन् ।

गौतम पार्टी एकता संयोजक समितिका संयोजक पनि हुन् । उनल नेकपा विभाजन रोक्ने बताउँदै आएका छन् । ५ पुस २०७७ मा असंवैधानिक तरिकाबाट ओलील प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समुहमा विभाजन छ ।

तर, ११ फागुनमा सर्वोच्चले ओली सरकारको निर्णय बदर गर्दै प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गर्यो । त्यसपछि गौतमले सक्रियता बढाइरहेका छन् । यही क्रममा उनले आज ओलीसँग भेटेका हुन् ।

उनले बिहीबार अर्का अध्यक्ष प्रचण्डलाई भेटेका थिए । ओलीसँगको भेटका क्रममा पार्टी एकताकै विषयमा कुरा भएको गौतमनिकटले बताएका छन् । नाम नखुलाउने शर्तमा उनल भने, ‘पार्टी एकता जोगाउनका लागि तत्काल राजीनामा दिन सुझाव दिनुभएको छ ।’

उनका अनुसार राजीनामा दिएर बालकोट जान ओली तयार नभए पार्टी एकता नजोगिने पनि गौतमको भनाई थियो ।

ओलीले भने आफू जस्तोसुकै परिस्थितिको सामना गर्ने जवाफ फर्काएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार