प्रचण्डको रुचि प्रधानमन्त्री बन्ने छैन, संभावना समाप्त भएको पनि छैन : पूर्वमन्त्री हित बहादुर तामाङ

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७७, बिहीबार समाचार

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा केन्द्रीय कमिटी सदस्य हित बहादुर तामाङले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न रुचि नराखेको स्पष्ट पारेका छन् । उज्यालो नेटवर्कको विशेष कार्यक्रम उज्यालो फोकसमा प्रस्तोता बुद्ध लोप्चन सँगको कुराकानीका क्रमा उनले सो कुरा बताएका हुन् ।

कुराकानीकै क्रममा उनले प्रचण्डको प्रधानमन्त्री बन्ने संभावना पनि समाप्त नभएको बताए । प्रतिनिधिसभा सांसद समेत रहेका तामाङले संविधानमाथि हस्तक्षेप हुँदा सामान्य रुपमा लिन हुँदैन भनेर आन्दोलन चलाएको र आन्दोलनको औचित्य सर्वोच्च अदालतले गरेको बताए ।

साथै, प्रधानमन्त्री खड्गप्रसाद ओलीले गरेको ‘सेटिङ’ फेल भएको बताए । प्रतिनिधिसभा पुनस्थापनको जितलाई रणनीतिक महत्वको जितको रुपाम आफूहरुले लिएको बताए । सर्वोच्चले प्रतिनिधिभसा पुनस्थापनाको फैसला नगरेको भए मुलुक अँध्यारोतर्फ जानसक्ने उल्लेख गरे ।

हेर्नुस भिडियो कुराकानीः

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार