अस्थिरता र फोहोरी खेलका लागि उत्सव मनाउनेहरुलाई इतिहासले माफ गर्नेछैन : मन्त्री साह

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७७, बिहीबार समाचार

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले अस्थिरता र संसदीय फोहोरी खेलका लागि उत्सव मनाउनेलाई इतिहासले माफ नगर्ने बताएका छन् ।

बिहिवार मौलापुर नगरपालिकाले आयोजना गरेको साक्षरताका लागि सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले संसद पुनर्स्थापना पछि अब सत्ता प्राप्तिको खेलको सुरुवात हुने भएकोले विजय उत्सव मनाउनेहरु अस्थिरताका पुजारी भएको टिप्पणी गरे । मन्त्री साहले सरकार बनाउनका लागि सांसद तानातान हुने, पैसाको फोहोरी खेल हुने र उठा(पटकको सरकार हुनेभएकोले यसका लागि उत्सव मनाउने प्रचण्ड र माधव नेपालहरुलाई इतिहासले धिक्कार्ने बताए ।

देशमा अस्थिरता र अराजकताको अन्त्य गरी समृद्धिको यात्रामा अगाडि बढ्नु पर्ने बेलामा जनभावना विपरीत केही बिदेशी शक्तिको ईशारामा अस्थिरताको खेल भईरहेको बताउदै मन्त्री साहले अस्थिरताका निम्ति दिनरात कसरत गरिरहेकाहरुलाई जनताले निस्तेज गरेर अगाडि बढ्ने बताए ।

ूअहिले देशमा राजनीतिक परिस्थिति बदलिएको छ । ताजा जनादेशमार्फत देशलाई नयाँ दिशा दिन सरकारले चालेको कदमलाई उल्टाउदै सम्मानित सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको छ । हामी अदालतको फैसलाको सम्मान गर्छौं ।ू मन्त्री साहले भने, ूतर यसले देशलाई अस्थिरता तर्फ धकेल्ने कुरा पनि कसैबाट लुकेको छैन । किनकि अब नयाँ सरकार निर्माणका लागि गणीतिय फोहोरी खेलको सुरुवात हुने छ । केही मान्छेहरु अहिले सोही अस्थिरता र फोहोरी खेलका लागि उत्सव मनाइरहेका छन् । उनीहरूलाई इतिहासले माफ गर्नेछैन ।ू

ूसांसद तानातान, भ्रष्टाचार र पैसाको चलखेलमा रमाउदै आएकाहरुलाई वर्तमान सरकारमार्फत स्थायित्व र समृद्धि हासिल हुँदै गरेको विषय पचेको छैन । र त सत्ताका लागि जे पनि गर्न पछि परेका छैनन् । स्मरण रहोस्, अस्थिरताका पुजारीहरुलाई इतिहासले धिक्कार्नेछ ।ू मन्त्री साहले थपे, ूवर्तमान सरकार जनताको म्यान्डेटबाट बनेको छ, यस सरकारको विकल्प छैन ।ू

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय कुन्दन कुश्वाहा एवम् महम्मद समीर, कटहरिया नगरपालिकाको प्रमुख सियाराम कुशवाहा , मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साह, नेकपा प्रदेश सदस्य त्रिभुवन साह ुअमरु, मौलापुर नगरपालिकाको उपप्रमुख गौरीशंकर जयसवाल, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, नेता चन्देश्वर बैठालगायतका जनप्रतिनिधि एवम् नेताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार