गुल्मी । गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्युु भएको छ भने चार जना गम्भीर घाइते भएका छ्न ।
शुक्रबार राति ८ः३० बजे जिल्लाको गुल्मी दरबार गाउँपालिकाको चारपाला घुम्टिदेखि सदरमुकाम तम्घासतर्फ फर्कंदै गर्दा भगेरिमा लु १ ह २७४३ नम्बरको अटो रिक्सा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अटोरिक्सा चालक तेजबहादुर रानाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटोरिक्सा दुर्घटना हुँदा सुरज बिक िरमेश खत्री, रोशना परियार र मिलन बिक घाइते भएका छ्न ।
दुर्घटनामा परि घाइते भएकी रोशना परियारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल , सुरज बिक को लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र बाकी दुइजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैइरहेको रेसुङ्गा नगरपालिका १३ का वडाध्यक्ष खुम खत्रीले बताएका छन । अटोरिक्सा सडक देखि २०० मिटर तल खसेको खसेको वडा अध्यक्ष खत्रीले जानाकारी दिए ।






