‘आफ्ना लागि आफ्नै भवन’ फुङ्लिङ नगरपालिकाको अभियान शुरु

उज्यालो प्रतिनिधि २७ मंसिर २०७७, शनिबार १ नं. प्रदेश

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले ‘आफ्ना लागि आफ्नै भवन’ नीति ल्याएर आफ्नो प्रशासकीय भवन र ११ वडा कार्यालय निर्माण अभियान शुरु गर्न थालेको छ ।

भाडामा रहेको नगरपालिका आउँदो आर्थिक वर्षको शुरुमै फुङ्लिङ नगरपालिका–७ स्थित आफ्नै भवनमा सर्ने फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो । नगरपालिकाको भवन अहिले निर्माणाधीन अवस्थामा छ । ‘आफ्ना लागि आफ्नै भवन’ अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका–४ ले आजबाट भवन निर्माण प्रारम्भ गरेको छ । नगरपालिकाको न्यूरोड क्षेत्र नजिक भवन बनाउन शुरु गरेको हो । वडा नं ४ को प्रशासकीय भवनको आज फुङ्लिङ नगर प्रमुख प्याकुरेलले शिलान्यास गर्नुभएको छ ।

आउँदो वैशाखभित्रमा भवन पूरा भई वडापालिकाले नयाँ भवनबाट वडाको सेवा सञ्चालन गर्ने फुङ्लिङ नगरपालिका–४ का वडाध्यक्ष जीतेन चेम्जोङ बताउनुभयो । फुङ्लिङस्थित डेभिड निर्माण सेवाले दुईतले पाँचकोठे र शौचालय तथा नुहाउने कक्षसहितको भवन रु ५२ लाखको लागतमा बनाउने गरी ठेक्का पाएको छ । भवनको कूल अनुमानित लागत अनुमान भने रु ७४ लाखको रहेको वडाध्यक्ष चेम्जोङले बताउनुभयो ।

नगरपालिकाका अनुसार ११ वटा वडामा आफ्नै भवन बनाउन शुरु गर्ने वडा नं ४ दोस्रो वडा भएको छ । यसअघि वडा नं १ ले पनि आफ्नै प्रशासकीय भवन बनाउन शुरु गरिसकेको छ । नगरप्रमुख प्याकुरेलले यही कार्यकालमा नगरपालिका र नगरभित्र रहेका वडाका आफ्नै प्रशासकीय भवन बनाउने वचनबद्धता व्यक्त गर्नुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार