उर्लाबारी । मोरङबाट पेस्तोलसहित एक पुरुष पक्राउ परेका छन् । मोरङको सुनवर्षी नगरपालिका–५ झुँगी चोकबाट ४१ वर्षीय राजकुमार मण्डल पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
उनका साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ ।
भारतको भागलपुरबाट उनले बिक्रीका लागि पेस्तोल ल्याएको खुलेको र मण्डलविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाइने मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।






