गुल्मीको मालिका गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम प्रभावकारी बन्दै, स्थानीय खुसी !

मनोज कार्की २३ कार्तिक २०७७, आईतवार उज्यालो फोकस

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ की चेतकुमारी मुखियाले आफ्नै घरको आँगनमा खानेपानीको धारा बन्ला भनेर सपनामा पनि सोचेकी थिइनन् । घमिर कुमाल गाउँकी मुखिया अहिले २३ वर्षकी भइन् ।

उनलाई सानै उमेरदेखि घरभन्दा निकै तल रहेको धाराबाट खानेपानी बोक्दा–बोक्दा वाक्क भइसकेको छ ।

उनी हिजो–आज स्थानीय सरकार सक्रिय भएर धारा निर्माण भइरहेको देख्दा दङ्ग छिन् ।

उनी मात्र होईन उनका छिमेकी झुपि कुमाल पनि उत्तिकै हर्षित छन् ।

गाउँपालिकाले निर्माण गरिदिएको धारामा नै भाँडा माझ्ने, कपडा धुने, नुहाउने लगायतका कामका लागि सहज भएको कुमालले बताइन् ।

उनीहरु दुईजना प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता अरु मालिकावासीको दैनिकी पनि फेरिएको छ ।

गाउँपालिकामा एक हजार पाँच सय धारा निर्माण
मालिका गाउँपालिका गुल्मीले आठ वटा वडामा करिब १५ सय धारा निर्माण गरेको छ । एक घरमा एक घारा निर्माणको लागि ११ हजार ५ सय रकममा एक धारा निर्माण हुने मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले जानाकारी दिए ।

आफूहरुको कार्यकालसम्म सबै नागरिकको घरमा धारा पु¥याउँ लक्ष्यका साथ मालिका गाउँपालिका लागेको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाको वडा नं ७ घमिर कुमाल गाउँ, काहाले बाँसखोला, चोरकाटे, सिजाँली, टुँलिखोला र साविकको ३ नम्बरको वडा कोट वरिपरीका बस्तिमा गरि करिब ४ सय धारा निर्माण भएका छन् । यी बस्तीहरुमा धारा निर्माण भएपछि खानेपानी लिन खोलामा धाउने समयमा नागरिकले अरुकाम गरि समय बचत भएको मालिका गाउँपालिका वडा नं ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए ।

निर्वाचनको समयमा नागरिकलाई दिएका वाचा पूरा गर्न पाउँदा स्थानीय मात्र नभई जनप्रतिनिधिहरुमा पनि खुसी छाएको वडा अध्यक्ष पन्थीले बताए । सरकार , प्रदेश सरकारको लगानीमा धाराहरु निर्माण गरिएका छन् ।

गाउँपालिकाले अर्जै, घमिर, मर्भुङ्ग, अर्खावाङ्ग, छापहिले, ह्वाङदी, दर्लिङ्ग, नेटा लगायतका वडामा ‘एक घर, एक धारा’ को कार्यक्रमलाई अगाडि सारिएको छ । मालिका गाउँपालिकाले गत वर्ष खानेपानीको लागि संघ, प्रदेश र गाउँपालिकाबाट ३ करोड विनियोजन गरेको थियो ।

वडा न २ ह्वाङ्गदीको ८० लाख मध्ये कोरोनाका कारण १५ लाखको काम भएको थियो भने ६५ लाख फ्रिज भएको थियो । आर्थिक वर्ष ०७७/०७८ मा वडा न ५ छापहिलेमा १० लाख, ६ अर्जैमा ४० लाख, वडा न ७ घमिर ४० लाख प्रदेशबाट वडा न १ मा लिफ्टिङ्गको लागि ४० लाख बिनियोजन भएको मालिका गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार