पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पुरुष सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत बागलुङका २५ वर्षे पुरुषको मृत्यु भएको हो । यो सँगै गण्डकीमा मृतक संख्या ४८ पुगेको छ ।
सुरक्षाकर्मीको मृत्यु भएको प्रदेशमा यो पहिला घटना हो । ढोरपाटन नगरपालिका २ का ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो ।
Facebook Comments Box






