नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्नेमध्ये एकजनामा कोरोना पुष्टि, १९ जना प्रहरी आइसोलेसनमा

काठमाडौँ । बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गरेको आरोपमा पक्राउ परेकामध्ये एकजनामा कोरोना संक्रमण देखिएको छ । कालिका प्रिन्टिङ सपोर्टका सञ्चालकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नक्कली प्रेस कार्डदेखि स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बनाउने तीनजना र एकजना सेवाग्राहीलाई बागबजारबाट पक्राउ गरेको थियो ।

पक्राउ गर्न गएको प्रहरी टोली, बयान लिने प्रहरी र अस्पतालमा परीक्षण गराउन लैजाने प्रहरीलाई आइसोलेसनमा राखिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

एसएसपी थापाले भने, ‘१९ जना प्रहरी कर्मचारीलाई होम आइसोलेसन वा होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ ।’

उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गर्थे । प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको २१ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार