धादिङ । गायक राजकुमार बानियाँ र चर्चित गायिका देवी घर्तीको सुमधुर आवाजमा रहेको दशैँ विशेष `आउँला भनेको´गीत सार्वजनिक गरिएको छ ।
मिना लामाको शब्द संकलनमा रहेको उक्त गीतमा कृष्ण शताब्दीले संगीत भरेका छन् भने संगीत संयोजक विनोद बाराजुलीको रहेको छ । जलेश्वरी म्युजिक प्रा.लिको ब्यानरमा निर्माण गरिएको सो भिडियोलाई करन चैसिरले छायांकन गरेका हुन् ।
उक्त म्युजिक भिडियोमा शिशिर भण्डारी,जुना तामाङ,एलिना गुरुङ लगायतले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन कृष्ण शताब्दीले गरेका हुन् । उक्त भिडियोलाई मनोज कार्कीले सम्पादन गरेको छ ।






