राति कोरोना मुक्त भएर डिस्चार्ज भएका एकजनाको शंकास्पद मृत्यु

वीरगन्ज । वीरगन्जमा एकजनाको शंकास्पद मृत्यु भएको छ ।

नारायणी अस्पताल विषेश कोरोना अस्थायी वीरगन्ज हेल्थ केयरमा अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको मृत्यु भएको हो ।

नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएको समयमा नै झाडा पखाला र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई थप उपचारको लागि राम्रो अस्पतालमा भर्ना गर्न कोबिड अस्पतालका चिकित्सकले सल्लाह दिएका थिए ।

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले कलवारलाई थप उपचारका लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए । त्यसपछि आफन्तले कलवारलाई कोभिड अस्पतालबाट डिस्चार्ज भएपछि वीरगन्जमै रहेको नारायणी बयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए ।

उपचारकै क्रममा शनिबार राति साढे ११ बजे कलवारको मृत्यु भएको नारायणी बयोधा अस्पताल प्रशासनले बताए छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार