काठमाण्डौ । चर्चित पप गायक तथा संगीतकार अबिशेक तामाङको ‘माया बस्यो’ बजारमा आएको छ । उनै गायक तामाङको अफिसियल युट्युब च्यानलबाट गीतलाई बजारमा ल्याएको हो ।
गीतकार साङ्गे ब्लोन तामाङको शब्द रहेको उक्त गीतलाई चाँद सिले संगीत संयोजन र दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने गायक अबिशेक तामाङको संगीत र आवाज रहेको छ ।
प्रतीक ङेसुरले निर्देशन र कोरीयोग्राफ गरेको उक्त भिडियोलाई सुर्य लामाले छायांकन र कलर, क्याप्टेन बज्र ङेसुरले ड्रोन र सम्पादन गरेका हुन ।
भिडियोमा लाक्पा लामा र बिनु शाक्यको अभिनय देख्न सकिन्छ ।
गायक तामाङको हाँस्दैमा मैच्याङ सुटुक्क,नता सम्सि धोला माया, तेमाल ग्याम्से गीतहरुले दर्शक तथा स्रोताको मन जितेका छन ।






