क्वारेन्टिनबाट फर्केको एक हप्तापछी एक वृद्धले गरे आत्महत्या

उज्यालो प्रतिनिधि २८ असार २०७७, आईतवार २ नं. प्रदेश

बारा । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले आत्महत्या गरेका छन् ।

क्वारेन्टिनमा बस्दा मानसिक रुपमा विक्षिप्त भएको र घर आएपछि आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

राति खाना खाएर सुतेका महादेव ठाकुर बिहान अचानक मृत फेला परेका हुन् । 

महादेवको मानसिक अवस्था पहिलेदेखि नै कमजोर थियो । उनले आफूलाई कोरोना संक्रमण भएको भनेर गाउँलेहरुलाई भने पनि त्यो कुरा परिवारका सदस्यहरुले पत्तो पाएका थिएनन् ।

कोरोना महामारी शुरु हुनुअघि उनी भारतको बिहार राज्यअन्तर्गत पर्ने नरकटियागञ्जमा छोरीको घरमा गएका थिए । त्यहीँ रहेकै अवस्थामा लकडाउन शुरु भएपछि उनी त्यतै रोकिए । दुई महिना त्यता बसेपछि रक्सौलमा छोराको ससुरालीमा आएर १५ दिनजति बसेका थिए ।

वडा अध्यक्ष रामेश्वर प्रसाद साहलाई फोन गरेर घर आउने व्यवस्था मिलाइदिन आग्रह गरेपछि गाउँपालिकाले असार ८ गते एम्बुलेन्समार्फत् ल्याएर गाउँकै क्वारेन्टिनमा राखिएकाे उनका छोरा जितेन्द्रले भने ।

महादेवको शव कलैया अस्पतलामा पोष्टमार्टमका लागि लगिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार