ब्राजिली राष्ट्रपति बोल्सेनारोलाई कोरोना सङ्क्रमण पुष्टि

उज्यालो प्रतिनिधि २४ असार २०७७, बुधबार विश्व

काठमाडौँ । ब्राजिली राष्ट्रपति जायर बोल्सेनारोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङगलबार ब्राजिली टेलिभिजनमा बोल्दै राष्ट्रपति बोल्सेनारोले आफू सङ्क्रमित भएको खुलाउनुभएको हो ।

सीएनएनका अनुसार राष्ट्रपति बोल्सेनारोले देशको अधिकांश व्यक्तिसम्म कोरोनाभाइरसको सङ्क्रमण पुग्ने बताउनुहुँदै आफूले सोमबार परीक्षण गराएकोमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आइतबार मैले राम्रो महसुस गरिनँ, सोमबार अझै खराब हुँदै गयो र थकित अनुभव गर्नुका साथै मांसपेशीमा पीडा महसुस हुन थाल्यो, लगत्तै शरीरको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरेँ ।” यी सबै लक्षणहरू देखिएपछि राष्ट्रपतिका चिकित्सकको समूहले कोभिड–१९ को लक्षण भएको सुझाव दिएपछि आफू अस्पताल पुगेको उहाँले बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार