एजेन्सी । अमेरिकामा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । एक रिपोर्टका अनुसार अमेरिकामा झण्डै दुई करोड मानिसहरुमा कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने अनुमान पेश गरिएको छ ।
अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख २६ हजारभन्दा बढी संक्रमितको ज्यान गइसकेको छ ।
हालसम्म अमेरिकामा संक्रमितको संख्या २५ लाखभन्दा बढी पुगेको छ ।
१० लाख ५२ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १६ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।






