काठमाण्डौ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९)बाट भारतमा एकै दिन साढे १५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ९ हजार ९१५ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ११ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३०७ जनाको मृत्यु भएको छ ।
हालसम्म १३ हजार २७७ जनाको कोरोना संक्रमण कै कारण ज्यान गएको छ ।
कुल संक्रमितमध्ये २ लाख २८ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका १ लाख ७० हजार २६९ जनामध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ ।






