रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश न.२ का अध्यक्ष एवम् रौतहट क्षेत्र न.३ बाट निर्वाचित भएकाका प्रतिनिधि सभा सदस्य प्रभु साहले रौतहटको बिकास निर्माणमा व्यापक भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाएको भुमी व्यवस्था ,कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र प्रसाद यादव ले आरोप लगाएका छन् ।
शनिबार एक बिज्ञप्ती जारी गर्दै मन्त्री यादबले पुर्ब मन्त्री समेत रहेका प्रभु साह भ्रष्टाचारमा लिप्त रहेको ,अकुत सम्पत्तिको स्रोत देखाउन नसकेको , जनयुद्द प्रतिष्ठानको नाममा हरेक वर्ष स्थानीय तह बाट धाक धम्की देखाई करोडौं भ्रष्टाचार गरिरहेको , आफनो संसदीय बजेटलाई हिनामिना गरेको तथा विभिन्न हत्या हिंसाका अभियुक्त समेत रहेको भन्दै आवश्यक छानबिन गरि कार्वाहीको माग गर्दै राज्यमन्त्री यादवले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विश्वभर महामारी को रूपमा फैलिएको कोरोना भाईरस ( कोभिड-१९) को प्रकोप नियन्त्रण गर्न अहोरात्र खटेका प्रदेश २ सरकारलाई विना प्रमाण कपो-कल्पित ढंगले भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय मातहत प्रदेश भरी रहेका कृषि ज्ञान् केन्द्र मार्फत मन्त्री र राज्यमन्त्रीको संलग्नतामा भ्रष्टाचार गरेको भनी सांसद प्रभु साहले समाजिक संजाल मार्फत लगाएको आरोप प्रति ध्यानाकर्षण भएको कुरा राज्यमन्त्री यादवले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।


राज्यमन्त्री यादवले कोरोना भाईरसको प्रभाव न्यूनीकरण गर्न किसानहरूलाई लकडाउन अवधिको क्षतिपुर्ति, राहत एवम् ब्याज मिनाहा गर्ने जस्ता अति महत्त्वपूर्ण कार्यहरु , कृषि सडक ,सोलार पम्प र पशु पन्छी संग जोडिएका विकासे कार्यक्रम संचालन गरिरहेको समयमा सांसद साह मानसिक रूपमा विचलित भई तथ्यहिन आरोप लगाएको कुरा प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन ।






