बाँदरले कोरोनाभाइरस संक्रमितको रगतको नमुना लुटेपछी

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०७७, शनिबार रोचक बिचित्र

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित मेरुटको एक सरकारी अस्पतालबाट बाँदरको झुण्डले सम्भावित कोरोनाभाइरस संक्रमितको रगतको नमुना लुटेको छ ।

यो घटना बिहीबार लाला राजपुत राइ मेमोरियल मेडिकल कलेज र अस्पतालमा घटेको हो । कोभिड–१९ मा कार्यरत एक ल्याब एसिस्टेन्टले उक्त नमुनालाई जाँचका लागि लैजादै गर्दा उनको हातबाट बाँदरले त्यसलाई थुतेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. धिरज बलियानका अनुसार तीनवटा नमुना भएको बाकसलाई बाँदरले थुतेर लगेका थिए ।

अस्पतालका प्रमुख एसके गार्गका अनुसार ती कोभिड–१९ को स्वाबको नमुना नभएर रगतको नमुना भएको स्पष्ट पारे ।

नमुना लुटेपछि बाँदर रुखमा चढेको र रगतको प्याकेट चपाएपछि त्यसलाई फालिदिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका अनुसार उक्त रगतको सम्पर्कमा कोही पनि नआएको र अस्पतालका अधिकारीहरुले सो क्षेत्रलाई स्यानिटाइज गर्नुका साथै बाँदरले लुटेको स्याम्पललाई डिस्पोज गरिसिकिएको छ ।

अस्पतालले प्रशासनले यस घटनाबारे छानविन गरिरहेको जनाएको छ । भारतमा १ लाख ६५ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ४७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

स्रोत : सीएनएन

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार