सर्लाही । रोशन दासको निर्देशनमा तयार भएको नयाँ लघु चलचित्र ‘गाजा एडिक्ट’ सार्वजनिक भएको छ ।
लागुपदार्थको सिकार हुदा आइपरेको कठिन परिस्थितिमा आधारित उक्त चलचित्र रेज इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गाजा खाने बानि परेको एक युवकलाई गाजाको तलतल लागेपछि गाजा प्राप्त गर्न खोज्दा घटेका घटनालाई देखाउदै चलचित्रले लागुपदार्थको लतमा फस्न नहुने कुरालाई मार्मिक ढंगबाट प्रस्तुत गरेको छ ।
दासको स्क्रिप्टमा निर्मित यस चलचित्रमा र करुणा बुढाथोकि र दासकै छायांकन रहेको छ । चलचित्रमा कलाकार सुनिल गजमेर, अनिश पन्च र सन्दिप कपालीको अभिनय देख्न सकिन्छ ।






