गहुँबाली भित्र्याउन नपाउँदै बारीमै कुहियो, कृषक चिन्तामा

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार समाचार

सुर्खेत । जिल्लाको भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका किसानका गहुँबाली लगातारको वर्षातले बारीमै कुहिन थालेको छ ।

हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल, अमलसेनी, खोर्रे, मुरलीगाउँका १६२ घरधुरी किसानको गहुँबाली नष्ट भएको सोही वडाका स्थानीय किसान हेमन्तप्रकाश ओलीले जानकारी दिए । “हाम्रो ४६२ रोपनी क्षेत्रफलमा लगाएको गहुँबाली भित्र्याउन नपाएर बारीमै कुहिएको छ”, उनले भने, “यसबाट ७५१ क्विन्टल ९७५ मेट्रिकटन० क्षति भएको छ ।”

मुखमा हाल्ने बेलाको गाँस नै खोसिँदा यहाँका किसान पुर्पुरोमा हात लगाउनुपर्ने बाध्यता आइलागेको उनले बताए । उनका अनुसार कोरोना भाइरसको जोखिम भन्दा भोकमारीले मर्ने डर उब्जिएको छ । यसबाट गहुँबालीमा निर्भर यहाँका करिब एक हजार जनसङ्ख्या प्रभावित हुने उनको भनाइ थियो ।
त्यस्तै अर्का कृषक झकबहादुर खत्रीले गहुँबाली पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि स्याहार्न नसकिएको बताए ।

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले क्षतिको विवरण सङ्कलन गर्न त्यहाँका किसानलाई सुझाएकी छन् । किसानको वास्तविक समस्यालाई बुझेर सक्दो राहत सहयोग गर्ने उनले जानकारी दिइन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार