मिर्चैयामा सिमेन्ट कालोबजारी गर्ने भाग्यवान आयरण स्टोरका संचालकसहित ४ जना पक्राउ

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । जिल्लाको मिर्चैयामा बजार मूल्यभन्दा बढीमा लिएर बिक्री गर्ने १ हजार ८ सय बोरा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटि गएको प्रहरी टोलीले मिर्चैया नगरपालिका वडा नं.५ स्थित राजमार्गमा लकडाउनको समयमा चलिरहेको स १ त ५१३२ नं. को ट्याक्टरलाई रोकि चेकजाँच गर्ने क्रममा शालिमार सिमेन्ट ९० बोरा सिमेन्ट सहित उक्त ट्याक्टरलाई नियन्त्रणमा राखिएको र सोधपुछ गर्दा ट्याक्टरमा लोड रहेको सिमेन्ट भाग्यवान आईरन स्टोरबाट प्रति बोरा ७ सयको दरले मौखिक सम्झौता गरी प्रति बोरा ५ सय ७०को दरले बिजय साहको नाममा बिल बनाई धनुषा गणेशमान चारनाथ नगरपालिका अन्तर्गत विरेन्द्र बजारमा सिता टेडर्स हार्डवयर पसल संचालन गरी बस्ने अजय साहलाई पठाईएको भन्ने बुझिएको हुँदा ९० बोरा शालिमार सिमेन्ट सहितको ट्याक्टर भाग्यवान आईरन स्टोरमा मौज्दात रहेको ४०० बोरा शालिमार सिमेन्ट र ४०० बोरा अल्ट्रा सिमेन्ट समेत सोहि स्टोरमा सुरक्षित राख्न लगाई ट्याक्टर चालक जिल्ला धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं.२ बस्ने जगदिश सदा र भाग्यवान आईरन स्टोरका संचालक प्रमोद साह समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा पठाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु जैसवारले बताए ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) जैसवारको अनुसार ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका वडा नं.४ स्थित राजमार्गमा लकडाउनको समयमा चलिरहेको ना ५ ख ९६६७ नं. को ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा शालिमार सिमेन्ट ५०० बोरा सिमेन्ट रहेको सोधपुछ गर्दा यहि बैशाख १७ गतेको सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ४ को कार्यालयको सिफारिस पत्रमा दलितहरुको लागि जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण कार्यको लागि भन्ने व्यहोराको छाया पत्र र दिपक आईरन स्टोर कल्याणपुरको नाममा नेपाल शालिमार सिमेन्ट प्रा.लि.को बिल समेत फेला परेको हुँदा सो सम्बन्धमा वास्तबिक बुझ्दा कल्याणपुर नगरपालिकाको एरियामा जनता आवाज कार्यक्रम अन्तर्गत दलित सामुदायिहरुको लागि कुनै पनि घर निर्माणधिन नरहेको र उक्त आवासको लागि टेन्डर प्रकृया समेत आह्रवान गरेको नपाईएको र कल्याणपुर नगरपालिककाको पत्रमा झुठा विवरण खुलाई पासको दुरुप्रयोग गरी बढि मुल्यमा विभिन्न पसलहरुमा सिमेन्ट विक्री वितरण गर्ने उदेश्यले उक्त सिमेन्ट लगेको भन्ने बुझिएको हुँदा ५०० बोरा सिमेन्ट सहित ना ५ ख ९६६७ नं.को ट्र्क र ट्रक चालक जिल्ला धादिङ थाक्ले गाउँपालिका वडा नं.१० बस्ने निराजन लामालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाईएको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटि गएको प्रहरी टोलीले मिर्चैया नगरपालिका वडा नं.४ स्थित राजमार्गमा लक डाउनको समयमा चलिरहेको स १ त ६५६८ नं. को ट्याक्टरलाई रोकि चेकजाँच गर्ने क्रममा अन्ली फोर प्रोजेक्ट लेखिएको ६० बोरा सिमेन्ट, ट्याईलेटको पेन थान १, पिभिसि पाईप थान ३ जस्ताको पता थान १०, मोटरको पाईप १ थान ब्याण्डल, पिभिसि सकेट थान ५ रहेकोले सोधपुछ गर्दा सिमेन्टको विल भरपाई कागज नभएकोले बढी मुल्यमा बिक्री गर्ने उदेश्यले उक्त सिमेन्ट लगेको भन्ने बुझिएको हुँदा उक्त सामानहरु सहित चालक जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.३ बस्ने सन्तोष कुमार यादव समेतलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु जैसवारले बताए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार