गणेश कुमार ठाकुर ,सिराहा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र फैलिनबाट रोक्न देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई नरहा गाउँपालिकाले राहत बितरण गरिएको छ ।
ती मजदुर परिवारको समस्यालाई मध्यनजर गरी नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादबको अगुवामा नरहा गाउँपालिकाका वडा नंं १ देखि ५ सम्ममा खाद्यान्न सामग्री वितरण बितरणको गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष यादवले भने-“नोवेल कोराना भाइरसले मुलुकसहित विश्व नै सङ्कटमा रहेको बेला सामाजिक एकता कायम राख्नुका साथै गरिब परिवारलाई खाना खान समस्या परेकोले सहयोग गरेको छु ।”
राहतमा प्रति परिवारलाई २५ किलो चामल, २ किलो दाल,५ किलो आलु, १ लिटर खाने तेल, १ किलो नुन वितरण गरेको नरहा गाउँपालिकाका प्रशासकिय अधिकृत सुमित्रा लामाले जानकारी दिनु भयो । प्रशासकिय अधिकृत लामाको अनुसार नरहा गाउँपालिकाका वडा नंं १ देखि ५ सम्म गरी २ हजार ७ सय विपन्न परिवारको नामावली छनौट भएको समेत बताए ।






