महोत्तरीमा १२ जनाको मृत्युको कारण कोरोना भाइरस नभएको पुष्टि

उज्यालो प्रतिनिधि २३ बैशाख २०७७, मंगलवार समाचार

महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सबैको मृत्यु अन्य कारणबाट भएको जनाएको हो ।

तीन जनाको आरडिटी नतिजा नेगेटिभ आएपछि पिसीआर परीक्षण गरिएको हो । मृतकमध्ये भङ्गाहा–७ का सिकेन्द्र सिंह र सुकदेव महराको पिसीआर नतिजा पनि नेगेटिभ आइसकेको र आइतबार निधन भएका रुपनारायण सिंहको भने जाँच नतिजा आउन बाँकी रहेको सोमबार भङ्गाहा–७ मेघरोलमा आयोजित कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति गिरेन्द्रकुमार झाले जानकारी दिए ।

बर्दिवास–१२ र भङ्गाहा–६ र ७ का जोडिएका बस्तीमा पछिल्ला ११ दिनभित्र १२ जनाको मृत्यु भएपछि गत शनिबारदेखि यहाँ स्वास्थ्य सेवा विभाग, विश्व स्वास्थ्य सङ्गठन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका दक्ष चिकित्सक टोली घटनाको कारण खोज्न अनुसन्धानमा व्यस्त छन् ।

हालसम्मको अध्ययन र अनुसन्धानबाट धेरैजसोको मृत्युको कारण विषाक्त मदिरा सेवन नै भएको स्वास्थ्य सेवा विभागका दक्ष चिकित्सक डा अमृत पोखरेलले जानकारी दिए ।

यद्यपि मृतकहरुको भिसेरा परीक्षणको नतिजा आएपछि यकिनसाथ भन्न सकिने डा पोखरेलसहितका चिकित्सक टोलीको सामूहिक भनाइ छ ।

“बस्तीमा दिनहुँजसो भटाभट मान्छे मरिरहेपछि कोरोना हो कि भन्ने त्रास व्याप्त थियो”, अनुसन्धान टोलीमा संलग्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा खेम शर्माले भने, “त्यो त्रास भने अब हटेको छ, मृत्युको कारण अनियन्त्रित मदिरा सेवनसँगै जोडिएको देखिन्छ ।”

दुई नगरपालिकाका एकअर्कोसँग जोडिएका बस्तीमा यस अवधिमा मृत्यु भएकामध्ये भङ्गाहा–७ का सात, भङ्गाहा–६ का एक र बर्दिवास–१२ का चार जना छन् । मृतकमध्ये एक महिला र अन्य सबै पुरुष छन् ।

सोमबार प्रभावित बस्ती पुगेका प्रदेश नं २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साहले मृतक परिवारका आश्रित बालबालिकाको शिक्षादीक्षा र अति आवश्यकीय गर्जो टार्न प्रतिपरिवार रु एक लाख राहत प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गरे । प्रदेशमा अब अवैध मदिराभट्टी पूर्णरूपले बन्द गर्न आवश्यक सबै तयारी गरिने मन्त्री यादवको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार