सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

उज्यालो प्रतिनिधि २३ बैशाख २०७७, मंगलवार समाचार

काठमाण्डौ । बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या आई उपचार सम्भव नभएपछि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा धनगढीबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको सामाजिक विकासमन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

शल्यक्रियाबाट प्रसूति भएकी रावलको उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा सिफारिस हुँदै सेती प्रादेशिक अस्पतालमा ल्याइएको र सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको बताइको छ । उनलाई सुदूरपश्चिम सरकारकोे पहाडी जिल्लाका जटिल सुत्केरी अवस्थाकालाई उद्धार गर्ने एयरलिफ्ट कार्यक्रममार्फत उद्धार गरिएको बताइएको छ ।

ई–पासमा कडाइ

जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनका समयमा यही वैशाख ३ गतेदेखि कार्यालयबाट जारी भइरहेको ई–पासमा कडाइ गर्ने भएको छ । प्रशासन कार्यालयले आजदेखि जिल्ला बाहिरका लागि उक्त ई–पास जारी नगर्ने र गर्नैपर्ने भए सम्बन्धित व्यक्ति÷निकायले जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमति दिएमा मात्र जारी गर्ने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिएको सोमबार प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार