ओलीको नयाँ प्रस्तावप्रति प्रचण्ड – नेपाल संशकित

उज्यालो प्रतिनिधि १९ बैशाख २०७७, शुक्रबार समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको नयाँ प्रस्तावप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल संशकित देखिएका छन्। संघीय संसद्का प्रतिनिधि नै नरहेका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका छन्। दाहाल-नेपाल पक्षका नेताले त्यसलाई ‘हावादारी प्रस्ताव’को संज्ञा दिँदै स्वीकार गर्न नसकिने बताएका छन्।

अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका ओलीले बुधबारको सचिवालय बैठकमा तीन प्रस्ताव पेस गरेका थिए। कोरोना संकट टरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने, आफूपछि गौतमलाई संसद्मा ल्याएर प्रधानमन्त्री बनाउने अनि वरिष्ठ नेता नेपाललाई पार्टी विधान संशोधन गरी तेस्रो अध्यक्ष बनाउने उनको प्रस्ताव थियो।

‘यो प्रस्ताव संविधानतः गलत छ। संविधानमा यसबारे कुनै प्रकारको प्रावधान छैन। यो स्थितिमा त्यो कसरी बन्छ ? , त्यो हावा कुरा हुन्छ’, दाहालनिकट स्थायी समिति सदस्य लीलामणि पोखरेलले अन्नपूर्णसँग भने, ‘राष्ट्रियसभा सदस्य (गौतमलाई) बनाउन सचिवालयका नौ जनाले निर्णय गर्दा प्रधानमन्त्रीले नै कार्यान्वयनमा लैजानुभएन। अब राष्ट्रियसभामा नपुगेको र प्रतिनिधिसभामा नभएको व्यक्ति कसरी प्रधानमन्त्री बन्छ ? ’ याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार