नेकपाको विवाद सुल्झाउन मन्त्री भुसालले अघी सारे तीन उपाय

उज्यालो प्रतिनिधि १७ बैशाख २०७७, बुधबार समाचार

काठमाडौँ । सत्तारुढ नेकपा स्थायी कमिटी सदस्य एवं कृषि मन्त्री घनश्याम भुषालले विवादको उत्कर्षमा पुगेको पार्टीलाई बचाउन केही उपायहरु सुझाएका छन् ।

बुधबार दिउँसो सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै मन्त्री भुसालले पार्टी नेतृत्वलाई नहड्बडाइकन संवादमा जोड दिन आग्रह गरेका छन् । उनको सन्देशले नेकपा गम्भीर संकटको अवस्थामा पुगेको संकेत मिल्दछ ।

उनले इतिहासको स्मरण गराउँदै शक्तिशाली भएकै बेला तत्लकाीन एमाले र माओवादी फुटेको उदाहरण पनि प्रस्तुत गरेका छन् । ‘२०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो । र, २०४७ सालको प्रजातन्त्र अस्थीर हुँदै गयो,’ उनले लेखेका छन्, ‘२०६४-६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिकासाथ अगाडि आयो । र, विभाजनको प्रक्रियामा गयो ।’

उनले आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित रहेको अवस्था त्यस्तै समस्या दोहोरोन लागेको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘आज नेकपा असाधारण शक्ति र प्रभावकासाथ उपस्थित रहेको र, यसमा समस्या थपिँदै गएका छन् । समस्याले उपयुक्त समाधान खोज्छ । अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ ।’

उनले पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न तीन उपाय अपनाउन अपिल गरेका छन् । उनी भन्छन्, ‘पहिलो- नहडबडाउँ, दोस्रो-संवाद गरौं र तेस्रो- संस्थागत प्रणालीभित्रै समाधान खोजौं । मुलुकले सबै कमरेडहरुबाट जिम्मेवारी बोधको ऐतिहासिक गम्भीरता माग गरेको छ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार