काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानको लागि भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सम्पन्न भएको छ । भेटवार्तामा कुनै ठोस सहमति नभएको नेकपानिकट उच्च स्रोतले जनाएको छ ।
पछिल्लो विवाद समाधानको लागि नेकपाका नेताहरुले तत्काल सचिवालय बैठक र त्यसपछि स्थायी कमिटीको बैठक डाक्नुपर्ने अडान राखेका छन् । तर, प्रधानमन्त्री ओलीले बैठक नराख्नेगरि आलटाल गरिरहेका छन् ।






