प्रदेश नं १ मा पाँच हजार ५१८ जनामा कोरोना परीक्षण

उज्यालो प्रतिनिधि १५ बैशाख २०७७, सोमबार १ नं. प्रदेश

विराटनगर । प्रदेश नं १ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि (आरडीटी) बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ।

पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ। प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आइतबारसम्म कूल एक हजार ७७१ जना पुगेको छ । ४७ जना घर गएका छन्।

क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन्।

एकजना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जनामा महिला एक हजार दुई जना र पुरुष चार हजार ७५८ जना रहेका छन् ।

पत्रकारलाई एन ९५ मास्क

कोरोना रोकथाममा नियमित समाचार सङ्कलन गर्ने पत्रकारको स्वास्थ्य एवं सुरक्षाका लागि ध्यान दिई करुणा फाउण्डशेन नेपाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

फाउण्डेशनका प्रदेश सहनिर्देशक योगेन्द्र गिरिले नेपाल पत्रकार महासङ्घ मोरङका उपसभापति कुमोद अधिकारीलाई एन ९५ मास्क, सेनेटाइजरलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार