कोरोनाको कारण बेल्जियमको डिभिजन लिग फुटबल रद्द

उज्यालो प्रतिनिधि २१ चैत्र २०७६, शुक्रबार समाचार

एजेन्सी । कोरोना भाईरसको कारण स्थगित बेल्जियमको शीर्ष डिभिजन लिग फुटबल रद्द भएको छ । कोरोनाको संक्रमण तत्काल रोकिने छनक नदेखिएपछि लिग निर्देशक कमिटिले लिग रद्द गर्ने निर्णय गरेको हो ।

कमिटिले लिगमा शीर्ष स्थानमा रहेको क्लब ब्रुगलाई विजेता घोषित गरिने जनाएको छ । लिगमा केबल एक चरणको खेल मात्र बाँकी रहँदा अहिले क्लब ब्रुग ७० अंक सहित शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको जेन्टको ५५ अंक छ । यद्यपी यस निर्णय फुटबल संघको साधारण सभामा पेश गरिनेछ । संघको साधारण सभा अप्रिल १५ तारिख हुँदैछ । साधारण सभालेनै क्लबहरुको घटुवा, बढुवा लगायत थप निर्णय गर्ने बताईएको छ ।

कोरोनाका कारण युरोपमा शीर्ष डिभिजनको लिग फुटबल रद्द गरिन लागेको यो पहिलो हो । कोरोनाका कारण युरोपका अन्य लिग फुटबलको सिजन पनि थप अन्योलमा परेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार