कोरोना भाइरसलाई एक मिनेटमै मार्न सक्छ अल्कोहलले : अध्ययन

काठमाडौं (एजेन्सी) । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै संक्रमित भएका छन्।

यसरी विश्वभर यो रहस्यमयी भाइरसले मानवमाथि गम्भीर संकट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन्।

यहीबीचमा जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको आयुबारे एक तथ्य पत्ता लगाएका छन्। उनीहरुले कोरोना भाइरस ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा कमजोर हुने तथ्य पत्ता लगाएका हुन्। उनीहरुले तापक्रम बढेसँगै यो भाइरस कमजोर हुने दावी गरेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अनुसन्धानकर्ताहरुले अल्कोहलले यो भाइरसलाई एक मिनेटमै मार्नेसमेत बताएका छन्। साथै डिसइन्फेक्टेट गरे यो भाइरस ३० सेकेण्डमै मर्ने जनाइएको छ।

यो तथ्यले कोरोना भाइरसविरुद्धको लडाईँमा सफलता पाउन सकिने विश्वास अनुसन्धानकर्ताहरुको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार