कांग्रेसले संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

उज्यालो प्रतिनिधि १४ जेष्ठ २०८३, बिहीबार समाचार

काठमाडौँ, नेपाली कांग्रेसले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो ।

बैठकको निर्णय बारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट र संसदीय दलको कार्यसमितिका बारेमा छलफल भएको बताए । उनले भने, “मुख्य गरी संसद्मा आगामी रणनीतिको सम्बन्धमा र भोलि प्रस्तुत हुने बजेटका सम्बन्धमा छलफल गर्यौँ, साथै हाम्रो संसदीय दलको कार्यसमितिमा केही पदहरू रिक्त थियो । त्यसलाई पूर्णता दिने विषयमा छलफल भयो ।”

बैठकमा संसद्का विषयगत समितिको सम्बन्धमा अध्ययन गर्नका लागि पार्टीका तर्फबाट संयोजक तोक्नेलगायत विषयमा छलफल भएको उनले बताए । यसका साथै बैठकमा गणतन्त्र दिवसमा सरकार प्रमुखको सम्बोधन नहुने भन्ने सार्वजनिक भएको विषयका बारेमा छलफल भएको प्रमुख सचेतक थापाले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार