धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

उज्यालो प्रतिनिधि ६ जेष्ठ २०८३, बुधबार समाचार

इनरुवा (सुनसरी), कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको हिसाबले सुनसरी क्षेत्र महत्वपूर्ण एवं ऐतिहासिक भएको बताएक छन् ।

सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित सिटीहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक तथा पर्यटकीय दृष्टिले सुनसरी पूर्वी नेपालको महत्वपूर्ण स्थान रहेको बताए ।

धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकता दिएको स्पष्ट गर्दै उनले सङ्घीय सरकारको मातहतमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण व्यवस्थापनको जिम्मवारी प्रदेश सरकारलाई दिनुपर्ने धारणा व्यक्त गरे ।

सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद इन्जिनियर दीपककुमार साहले जुन उद्देश्यका साथ सिटीहल निर्माण भएको हो सोहीअनुसार प्रयोग हुनुपर्नेमा जोड दिए ।

कोशी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीको अध्यक्षतामा सम्पन्न सिटीहल उद्घाटन समारोहलाई कोशी प्रदेशका सांसद सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीलगायतकाले सम्बोधन गरेका थिए ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार विराटनगरको रु २८ करोड ४१ लाख १९ हजार ४३५ लागतमा निर्माण भएको सिटीहलको क्षमता ५०० जना अट्ने रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज कोशी गाउँपालिकाको लौकहीमा आयोजित विशेष समारोहका बीच आधुनिक एवं सुविधा सम्पन्न सिटीहलको उद्घाटन गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार