इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

उज्यालो प्रतिनिधि ३० बैशाख २०८३, बुधबार समाचार

काठमाडौँ, केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिृकत ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ ।

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिृकत पाण्डे ‘लोन रिकभरी कमिटी’को अध्यक्षको हैसियातमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको छ ।

मोबाइल फोन स्वीचअफ गरी भाग्दै गरेको अवस्थामा पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिइएको प्रहरी टोलीको सहयोगमा कमलामाई नगरपालिका–६ बाट सवारी जाँचका क्रममा पक्राउ गरिएको हो ।

स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेका कारण २०८० वैशाख ३ गते अनुमति स्वतः रद्द भएको थियो । दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार प्राधिकरणले उक्त सम्पत्ति नियन्त्रणमा लिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार