नगरप्रमुखको गाडी खरिद गर्ने बजेटले शववाहन

उज्यालो प्रतिनिधि २९ बैशाख २०८३, मंगलवार समाचार

चितवन, यहाँको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखको सहित तीन वटा गाडी जलेको थियो । प्रमुखले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो ।

नगरप्रमुख विनोद रेग्मीले ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको बताउनुभयो । उनले भने, “नगरपालिकामा एउटा पनि गाडी छैन, नगरप्रमुखका लागि गाडी खरिद गर्ने भनेर बजेट छुट्याइएको थियो, त्यसबाट शववाहन खरिद गरियो ।”

जिल्लाको पहाडी भूभागसमेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकाले निःशुल्क सञ्चालन गर्न शववाहन खरिद गरेको रेग्मीले बताए ।

कतिपय खाडीमुलुकबाट काठमाडौँसम्म ल्याएको शवसमेत ल्याउन समस्या हुने गरेकाले शववाहनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार