व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

उज्यालो प्रतिनिधि २९ बैशाख २०८३, मंगलवार समाचार

दमौली (तनहुँ), यहाँको व्यास नगरपालिकाले दीर्घरोगीलाई रु ३९ लाख भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक रु पाँच हजारका दरले रु ३९ लाख २८ हजार सहयोग गरेको हो ।

उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । दीर्घरोगका कारण नियमित उपचार गर्नुपर्ने र आर्थिक रूपमा समस्यामा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

नगरपालिकाले क्यान्सर, मिर्गौला रोग, मुटुरोग, पक्षघातलगायतका दीर्घरोगबाट पीडित नागरिकलाई लक्षित गरी यो सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता रोगका बिरामीले नियमित औषधोपचार, परीक्षण तथा अस्पताल आवतजावतमा ठूलो आर्थिक भार व्यहोर्नुपर्ने भएकाले स्थानीय सरकारले सहयोगको नीति अघि सारेको उनको भनाइ छ ।

“दीर्घरोगका बिरामीलाई उपचार खर्च जुटाउन निकै कठिन हुने अवस्था छ । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले यस्ता वर्गलाई प्राथमिकतामा राखेर सहयोग कार्यक्रम सञ्चालन गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने ।

नगरपालिकाले सामाजिक सुरक्षा तथा जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । दीर्घरोगीलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, निःशुल्क परीक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत नागरिकको स्वास्थ्य अवस्थालाई सुधार गर्ने प्रयास भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

स्थानीयवासीले नगरपालिकाको यो कार्यक्रम सकारात्मक र उदाहरणीय भएको बताएका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका बिरामीलाई मासिक सहयोगले केही राहत पुगेको उनीहरूको भनाइ छ । विशेष गरी नियमित औषधि सेवन गर्नुपर्ने तथा अस्पतालमा बारम्बार पुग्नुपर्ने बिरामीलाई यस्तो सहयोग प्रभावकारी बनेको स्थानीयको अनुभव छ ।

नगरपालिकाले आगामी वर्षहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने नगरप्रमुख न्यौपानेले उल्लेख गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार