‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

उज्यालो प्रतिनिधि २८ बैशाख २०८३, सोमबार समाचार

गलकोट (बागलुङ), यहाँको बागलुङ नगरपालिका–६ को पञ्चकोट जाने बाटैमा गङ्गाबहादुर थापाको फलफूल नर्सरी छ । उनि सधैँ नर्सरीमै बस्न भ्याइरहनु हुन्न । तर उनले नभ्याउँदा पनि आफैँले नियमित सिँचाइ भने गरिरहन्छन् ।

यस्तो कसरी सम्भव भयो होला ? धेरैको मनमा यस्तै जिज्ञासा आउन सक्छ । तर यो प्रविधिको माध्यमबाट सम्भव भएको हो । पाँच रोपनी जमिन ३० हजार रुपैयाँ वार्षिक भाडा तिर्नेगरी लिएर गङ्गाबहादुरले ‘पञ्चकोट फलपूmल नर्सरी’ स्थापना गरेका हुन् ।

बीस लाख रुपैयाँ लगानी गरेर स्थापना गरिएको नर्सरीमा टाइफ्लेट नामक जङ्गली तीनपाते सुन्तलाको बिरुवाको जरामा स्थानीय खोकु जातको सुन्तलालाई कलमी गरेर विषम हावापानी सहने बिरुवा उत्पादन गरिरहनु भएको छ ।

बिरुवालाई कीरा र विभिन्न सङ्क्रमणबाट जोगाउन प्लाष्टिक टनेल र जाली लगाइएको छ । टनेलमा गण्डकी प्रदेशकै नमूना अटोमेसन प्रविधिको जडान गरेको उनले बताए । सोही प्रविधिको माध्यमबाट उनले जुनकुनै स्थानमा बसेर टनेलमा सिँचाइ गर्दै आउनुभएको छ । सिँचाइको आवश्यकतापश्चात् इन्टरनेटको माध्यमबाट मोबाइलबाटै अटोमेसन प्रविधि सञ्चालन गर्न सकिनेछ ।

बिरुवाको आवश्यकताका आधारमा आफू बागलुङ, म्याग्दी र जहाँ भए पनि अटोमेसन प्रविधिले विद्युत् र इन्टरनेटसँगै मोबाइलको सहायताले सिँचाइ गर्न सक्ने उनले बताए । इन्टरनेट र विद्युत्मा समस्या भए धारोबाट थोपा सिँचाइ प्रविधिबाट सिञ्चित गर्ने गरेको उनको भनाइ छ । “सिँचाइको आवश्यकता भएपछि मोबाइलमा अटोमेसन प्रविधिबाट अनुमति दिएपछि टनेलमा रहेको प्रविधि सक्रिय हुन्छ, टनेलमाथिबाट आकाशबाट पानी परेजस्तै गरी सिँचाइ हुन्छ”, थापाले भने, “प्रविधिको प्रयोगले आफू जहाँ भए पनि सिँचाइ गर्न सकिन्छ ।”

उक्त प्रविधिका सञ्चालनका लागि टनेलभित्र विद्युत् र इन्टरनेटको सुविधा भने उपलब्ध भइराख्नुपर्ने हुन्छ । गङ्गाबहादुरले यही स्थानमा फलपूmलका बिरुवासँगै गोलभेँडा, खुर्सानी र अन्य तरकारी पनि लगाउनुभएको छ । पाँचवटा हाइटेक टनेलमा विभिन्न मौसमी र बेमौसमी तरकारीखेती गरेका छन् ।

गङ्गाबहादुरको नर्सरी व्यवस्थापनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सघाएको छ । नर्सरी व्यवस्थापनका लागि चार लाख रुपैयाँ परियोजनाले प्रदान गरेको छ । जिल्लाकै उदाहरणीय फार्मलाई थप व्यवस्थापनका लागि परियोजनाले सहयोग गरेको परियोजनाका प्रमुख नारायण पौडेलले बताए ।

त्यसो त गङ्गाबहादुरको स्थायी ठेगाना जैमिनी नगरपालिका–९ पैयुँथन्थाप हो । उनि पहिलोपटक गौडाकोट आउँदा रुखो रातो माटो, हिउँदमा धुलाम्य, बर्खामा चिप्लो बाटो थियो । उनि जैमिनी छाडेर तरकारीखेती गर्न बागलुङ नगरपालिका छिरेको २० वर्ष भयो । उनले गौडाकोटलाई कृषिगाउँका रूपमा चिनाएर अन्य स्थानमा समेत कृषिका काम थाल्नुभएको छ ।

उनले कृषिमा आधुनिक प्रविधिसमेत भित्र्याएर अरुका लागि प्रेरणासमेत बन्नुभएको छ । तरकारीखेती गरेर वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने जिल्लाको अगुवा कृषकका रुपमा उनि छन् ।

बागलुङमा तरकारी र म्याग्दीको भकिम्लीमा १०० रोपनी जमिनमा त्यहाँका स्थानीयसँगको सहकार्यमा सामूहिक किवीखेती फार्म विस्तार गरेका गङ्गाबहादुरले पछिल्लो समय बागलुङ जिल्लामै नमूना प्रविधिसहितको सुन्तलाको नर्सरी स्थापना गरेका हुन् ।

गङ्गाबहादुरको नर्सरी जिल्लामामात्र नभएर देशभरकै किसानलाई समेत सिकाइ केन्द्र बनेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए। धार्मिक पर्यटकको आकर्षण बढिरहेको पञ्चकोटमा गङ्गाबहादुरको नर्सरी र नवीनतम् सोचले कृषि पर्यटकको नजरसमेत कृषिमा पर्न थालेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार