काठमाडौँ, सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण पेसी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ ।
संवैधानिक परिषद्को सिफारिसका विषयलाई लिएर पेसी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।
उनले भने, “समयमै पेसी तोकिएको हो, सूचना प्रविधिमा आएको प्राविधिक समस्याले ढिलाइ भएको हो ।”
Facebook Comments Box






